यातायातलाई एक खर्ब नौ अर्ब ३७ अर्ब, सुरुङ र रेलमार्ग प्राथमिकतामा
काठमाडौँः सरकारले यसै आर्थिक वर्षदेखि नौबीसे–नागढुंगा सुरुङमार्ग निर्माण थाल्ने भएको छ । जापान सरकारको आर्थिक सहयोगमा बन्न लागेको यो सुरुङमार्गको निर्माण यसै वर्षदेखि थालिने भएको हो ।
त्यसैगरी सरकारले खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, बुटवल–सिर्दीबाससहितका सडकमा सुरुङमार्ग निर्माण अघि बढाउने भएको छ ।
त्यसैगरी सरकारले आगामी वर्षमा वीरगन्ज–काठमाडौँ, मेची–महाकाली, मेची–महाकाली–काठमाडौँ, रसुवागढी–काठमाडौँसहितका रेलमार्ग निर्माणलाई पनि अघि बढाउने भएको छ । सरकारले सडक र रेलका लागि एक खर्ब नौ अर्ब ३७ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।