उपत्यकामा केबलकार, मेट्रो र मोनोरेल
काठमाडौं ट्ठ सरकारले काठमाडौं उपत्यकामा केबलकार, मेट्रो र मोनोरेल सञ्चालन गर्ने भएको छ । मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले काठमाडौं उपत्यकामा केबलकार, मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् । यसका लागि सरकारले एक वर्षभित्रमै सम्भाव्यता अध्ययन अगाडि बढाएर काम गर्ने घोषणा अर्थमन्त्रीले गरेका छन् ।
पर्यटकीय क्षेत्रमा रहेका पुललाई कलात्मक बनाउन समेत बजेट बिनियोजन भएको छ । यो सँगै राजधानीको कोटेश्वर जटिबुटी, नागढुंगा क्षेत्रमा सुरुङ मार्ग बनाउने घोषणा समेतगरेका छन् ।