एक वर्षभित्र सबै नेपालीको बैंक खाता
काठमाडौं : सरकारले एक वर्षभित्र सबै नेपालीको बैकमा खाता हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गर्दै एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने बताएका हुन् । सँगै अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यसैगरी सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने भएको छ ।यातायात व्यवस्थापन शीर्षक यो आर्थिक वर्षमा सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ भने लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गर्ने भएको छ ।