अब लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै
काठमाडौं : अब सवारी अनुमति पत्र (लाइसेन्स) र यातायातका साधनको दर्ता प्रदेशबाटै हुने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार गरेको बजेट भाषणमा अब यस्तो व्यवस्था हुने उल्लेख गरेका हुन्। अर्थमन्त्री खतिवडाले यातायात व्यवस्थापन शीर्षकमा मात्र १ अर्ब बजेट विनियोजन गरेका छन्।
त्यसैगरी सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने भएको छ।