एकस सय ग्रामसम्म काँचो सुन कर तिरेर ल्याउने पाइने
काठमाडौँः वैदेशिक रोजगारीमा रहेका नेपालीले एक सय ग्रामसम्मको काँचो सुन कर तिरेर ल्याउन पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
वैदेशिक रोजगारीबाट काँचो सुन लिएर आएका धेरै युवा पक्राउ पर्ने गरेका छन् । सरकारले बजेटमार्फत सय ग्रामसम्मको काँचो सुन कर तिरेर लैजान सक्ने घोषणा गरेको हो ।