१५० सीसी बढीका बाइकको कर बढ्यो

१५० सीसी बढीका बाइकको कर बढ्यो

काठमाडौं : सरकारले बजेटमा हेभी सीसीका सवारीमा खरिद गर्न मुस्किल हुने गरी सडक निर्माण दस्तुर बढाएको छ। आगामी आर्थिक वर्षमा आयाता हुने चार सय एक सीसी र त्यसभन्दा माथिको मोटरसाइकलमा दुई लाख रुपैयाँ सडक निर्माण दस्तुर तोकेको छ। चालु आर्थिक वर्षमा उक्त सीसीको मोटरसाइकल आयातमा २० हजार रुपैयाँ सडक निर्माण दस्तुर उठाउने गरिएको छ।

हाल एक सय २५ सीसी र एक सय ५० सीसीको मोटरसाइकलमा छुट्टाछुट्टै सडक दस्तुर उठाउने गरिएको छ। आगामी आवबाट एक सय ५० सीसीसम्मको मोटरसाइकलमा १५ हजार रुपैयाँ सडक दस्तुर उठाइनेछ। हाल एक सय २५ सम्म १० हजार छ।

एक सय ५१ देखि दुई सय ५० सीसीसम्मलाई १८ हजार रुपैयाँ सडक निर्माण दस्तुर लाग्नेछ। चालु आर्थिक वर्षभन्दा यो तीन हजार रुपैयाँ धेरै हो। दुई सय ५१ र चार सय सीसीसम्मको ५० हजार रुपैयाँ सडक निर्माण दस्तुर छ। चालु आर्थिक वर्षभन्दा ३५ हजार रुपैयाँ बढी सडक निर्माण दस्तुर उठाउने भएको छ।

हाल सरकारले माइक्रोबस, बस, ट्रक, ट्रिपर, ट्रकमिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपर मूल्यको सात प्रतिशत सडक दस्तुर उठाउने गरेको छ। आगामी आव माइक्रोबस, बस, ट्रक, ट्रिपर, ट्रकमिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपर मूल्यको सात प्रतिशत सडक दस्तुर तेक ेपनि सीसीका आधारमा दस्तुर दर वृद्धि गरेको छ। आगामी आर्थिक वर्षदेखि दुई हजार सीसीसम्म आठ प्रतिशत र दुई हजारभन्दा माथिकाले १० प्रतिशत सडक निर्माण दस्तुर उठाउने भएको छ।  

मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सवारी साधनको क्षमता अनुसार कर बढ्ने जानकारी गराएका हुन् । इन्जिन क्षमता अनुसार अब कर तिर्नुपर्ने छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.