भिजिट नेपाल सञ्चालन गरिने
काठमाडौं : सरकारले भिजिट नेपाल २०२० सञ्लालन गर्ने भएको छ । पर्यटनमार्फत आर्थिक संमृद्वि हासिल गर्ने उद्देश्यले सरकारले भिजिट नेपाल सञ्चालनमा ल्याउने भएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै आन्तरिक पर्यटन प्रवद्र्वन गर्न सरकारले भिजिट नेपाल सञ्चालनमा ल्याएको जनाएका हुन् । आउँदो दुई वर्षभित्र २० लाख पर्यटक भित्राउने सरकारले लक्ष्य लिएको छ । पहिला नेपाली र त्यसपछि विदेशी भन्नै अभियानलाई सरकारले प्राथमिकता दिएको छ ।