बजेटबारे सुरेन्द्र पाण्डे: आयात निरुत्साहित हुँदा ब्यापार घाटा घट्छ

बजेटबारे सुरेन्द्र पाण्डे: आयात निरुत्साहित हुँदा ब्यापार घाटा घट्छ

काठमाडौँ: पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समाजिक सुरक्षालाई बजेटले प्राथमिकता दिएको बताए । खासगरी बढी गरिब तथा तल्लो वर्गका लागि बजेट केन्द्रित रहेको उनले बताए । 

एपीवान टेलिभिजनको एपी सेन्टरमा बोल्दै पाण्डेले सामाजिक सुरक्षामा जोड दिनु भनेको समाजवादतर्फ मुलुकलाई उन्मुख गराउने प्रयास रहेको बताए । 

'पहिलो आर्जन महत्वपूर्ण हो र यसलाई गोजीमा राख्ने होइन, बाँड्ने नै हो', उनले भने, 'सामाजिक सुरक्षाका लागि यही पैसा धेरै होइन, अब सबै मान्छे गरिबीबाट माथि चढ्ने पनि होइन, समाजिक सुरक्षाको पूर्णता पनि होइन । त्यो आफैँमा कम छ । स्रोतले धान्न सक्ने पैसा त होला ।'

पाण्डेले बजेटले आयातलाई निरुत्साहित गरेको पनि बताएका छन् । पाण्डेले प्रत्येक वर्ष २० प्रतिशतको दरले बढ्ने आयाततमा आधारित राजस्वको आकार यो वर्ष त्यो अनुपातमा नबढेको बताए । 'आयातमा आधारित भएको भए बजे १५/१६ अर्बमा पनि जान सकथ्यो', उनले भने, 'बजेटले आयातलाई निरुत्साहित गरेकाले ब्यापार घाटालाई पनि कम गराउने काम गर्छ ।' 

पाण्डेले निर्वाचन क्षेत्रका लागि छुट्याइएको बजेटको समर्थन गरे । उनले अन्य देशमा पनि यस्तो अभ्यास रहेको बताउँदै बजेटको सानो अंशलाई लिएर विवाद गर्नु जरुरी नरहेको बताए । 

'नीति तथा कार्यक्रमको विपरित जस्तो देखिए पनि म यसको पक्षमा छु', उनले भने, 'यो पिन नट हो, निर्वाचन क्षेत्रका लागि छुट्याइएको ४ करोड पनि कुल बजेटको धेरै सानो अंश हो ।'

पाण्डेले राष्ट्रिय गौरवका आयोजनालाई भने यो बजेटले सोचेजति प्राथमिकता दिन नसकेको बताए । 'राष्ट्रिय गौरवमा पोहोर उब्रिएको बजेटलाई पनि नयाँ बजेटमा थप्दै जानुपर्थ्यो', उनले भने, 'तर राष्ट्रिय गौरबका लागि यो पटक बजेटको अंश पनि सानो भयो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.