बजेटबारे कांग्रेसको यस्तो प्रतिक्रिया

बजेटबारे कांग्रेसको यस्तो प्रतिक्रिया

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा आव २०७५÷०७६ को बजेट प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसका केही नेता बजेटको समीक्षा गरिरहेका थिए । कांग्रेसका एक नेताको घरमा बसेर बजेट भाषणको प्रत्यक्ष प्रसारण हेर्दै उनीहरू अर्थविद्सँग बजेटबारे छलफल गरिरहेका थिए ।

कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा.जगदीशचन्द्र पोखरेल र डा.गोविन्द पोखरेल तथा अर्थविद्हरू डा.पोषराज पाण्डे, डा.विश्व पौडेललगायत समीक्षामा सहभागी थिए । उनीहरूको प्रारम्भिक निचोड थियो, ‘बजेटको आकार ठीक छ तर बजेटले ठोस रूपमा कुनै पनि क्षेत्र समेटेन । बजेटले फेरि सपनामात्र बाँडेको छ ।’

बजेटबारे कांग्रेस प्रवक्ता शर्माले भने, ‘चुनावताका मतदातामाझ बाँडेका सपना, चुनावी घोषणापत्र, सरकारले जारी गरेको नीति तथा कार्यक्रम र बजेटबीच कुनै तादाम्यता देखिँदैन ।

‘चुनावताका मतदातामाझ बाँडेका सपना, चुनावी घोषणापत्र, सरकारले जारी गरेको नीति तथा कार्यक्रम र बजेटबीच कुनै तादाम्यता देखिँदैन । परिणाममा बजेट हात्ती आयो फुस्सा भएको छ ।’
  -विश्वप्रकाश शर्मा, प्रवक्ता, कांग्रेस

परिणाममा बजेट हात्ती आयो फुस्सा भएको छ ।’ उनले जस्तै सहमहामन्त्री महतले पनि चुनावी घोषणापत्रमा उल्लेखित ‘पपुलिस्ट’ कार्यक्रम बजेटमा नसमेटिएको उल्लेख गर्दै भने, ‘वृद्धभत्ता बढाउने कुरा कहाँ गयो, कृषि उत्पादन दोब्बर बनाउने र २ वर्षमा पर्यटन आगमन २० लाख पुर्‍याउने कुनै आधार छैन, अनि उद्यमशीलताका लागि ७ लाख रुपैयाँ ऋण दिने कुरा कार्यकर्तालाई बाँड्नेबाहेक अरु केही होइन ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे ठोस योजना नआएको, संघीयता बलियो बनाउनभन्दा फेरि केन्द्रलाई नै जोड दिइएको, निजी क्षेत्र निरुत्साहित गरेको कांग्रेस नेताहरूको निष्कर्ष छ । पूर्वअर्थराज्यमन्त्री राणाले बजेट विगतकै निरन्तरता मात्र भएको टिप्पणी गरे । उनले भने, ‘बजेटमा नयाँ विषय खासै केही छैनन्, आफ्नै चुनावी घोषणापत्रमा समेटिएका विषय पनि छुटेका छन्, निजी क्षेत्र र लगानीकर्ता निरुत्साहित बनाइएको छ ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्दराज पोखरेलले चुनावी घोषणा पत्रमा महत्वाकांक्षी योजनाहरू राखे पनि बजेटले ती विषय नछोएको दाबी गरे । उनले भने, ‘हिजो मतदाता झुक्याउनकै लागि महत्वाकांक्षी घोषणापत्र बनाइएको थियो तर ती धेरै विषयमा बजेट मौन छ । निजी क्षेत्र निरुत्साहित बनाउने बजेटले कसरी समृद्धि ल्याउला ? ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.