चाहिन्छ वैकल्पिक एकता

चाहिन्छ वैकल्पिक एकता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँखाले बहस प्रारम्भ भएको छ। सञ्चारमाध्यमले यसलाई चमत्कारजस्तो गरी व्याख्या गरेका छन्। यसलाई त्यति धेरै अस्वाभाविक ढंगले लिन जरुरी छैन।

विचार, दृष्टिकोण, राजनीति सबै मिल्दै गएपछि दुई पार्टीबीच एकता भएको हो। ती पार्टीकोे कोणबाट हेर्दा ठिकै भयो। दुई पार्टीका नेताहरूले आपूmलाई कम्युुनिस्ट हौं भनेर पार्टीको नाममै कम्युुनिस्ट राख्नुभएको छ। त्यो गलत हो। ती दुवै पार्टी कम्युुनिस्ट थिएनन्। ती दुवै पार्टी संसद्वादी थिए। त्यसैले अहिले एकीकरणपछि बनेको पार्टी पनि संसद्वादी पार्टी हो।

दुुवै दलको महŒवपूर्ण ऐतिहासिक पृष्ठभूमि भने अवश्य छ। नयाँ जनवादी क्रान्ति गर्ने भनेर ०२८ सालको झापा विद्रोहको पृष्ठभूमि बोकेको एमाले र अर्काेतिर सबैखाले संशोधनवादविरुद्ध लड्दै नेपालमा नयाँ जनवाद क्रान्ति हुुँदै समाजवाद–साम्यवादमा जानुपर्छ भन्ने पृष्ठभूमिका नेकपा माओवादीको ठूलो समूहको एकता भएको छ। यस्ता पृष्ठभूमिका पार्टीहरू दक्षिणपन्थी संशोधनवादको दलदल र पश्चगामी दिशा समात्न पुुग्दा रहेछन् भन्ने विचित्रको परिदृश्य हो यो एकता। कम्युनिस्ट आन्दोलनका लागि यी दुई पार्टी शिक्षा बन्नेछन्।

यो एकतापछि दुईवटा ध्रुव बनेका छन् भन्ने एकखाले टिप्पणी पनि छ। त्यो ध्रुवीकरण संसद्वादी पार्टीबीच भएको हो। त्यसको एउटा ध्रुव नेपाली कांग्रेस हो भने अर्को ध्रुव यो नवगठित पार्टी हो। वर्तमान संविधानअनुुसार दुवै पार्टीले पाँच–पाँच वर्ष बाँडीचुँडी खान्छन्।

हुन त दुई पार्टीको एकता घोषणापत्रमा ‘समाजवादउन्मुख जनवाद’ भन्ने शब्द प्रयोग गरिएको छ। त्यो शब्दावलीको प्रयोगले अचम्ममा पारेको छ। त्यो काइते लेखन हो। सबैभन्दा पहिला त दुवै पार्टीले पुुँजीवादी जनवादी क्रान्ति पूरा भयो भनेर स्विकारिसकेका छन्। त्यसो हो भने जनताको जनवादी क्रान्ति भन्ने ने हुँदैन।

संघीय लोकतान्त्रिक गणतन्त्र, संसद्वाद मानेर संविधान कार्यान्वयनमा सहभागी भइसकेपछि समाजवादउन्मुुख जनताको जनवाद भन्न मिल्दैन। यो द्वैतवाद हो। यो जनता झुक्याउने रणनीति हो।

ओली र प्रचण्डजीले नजानेर यो शब्द राख्नुभएको होइन। जानीबुझीकनै जनता र इमानदार कार्यकर्तालाई भ्रमित पार्ने यो शब्दाको प्रयोग गरिएको हो।

असम्भव आश्वासन

ती दुई पार्टीको गठबन्धनलाई जनताले कम्युुनिस्ट भनेर मत दिए। वाम भनेर जनताले भोट दिए। तर खासमा त्यस्तो नभएकाले ती दुई पार्टीले जनताका आशा, अपेक्षा, सपनाको सम्बोधन गर्ने छैनन्। जनताको आशा पूरा हुने छैन।

ती पार्टीले सुधारका केही कामसम्म गर्ने आशा गर्न सकिन्छ। इतिहासको गति अगाडि बढ्दै तुुलनात्मक रूपमा सुुधार हुनु स्वाभाविक हो। तर आमूल परिवर्तन भने हुने छैन। किनभने त्यो पार्टीले पुरानै दलाल पुँजीपति वर्ग र नोकरशाही वर्गको प्रतिनिधित्व गर्छ। राज्यसत्ता अहिले पनि त्यही वर्गको हातमा छ। त्यसैले उक्त पार्टीले पुरानै दलाल पुँजीपति र नोकरशाही वर्गको सेवा गर्छ।

जहाँसम्म वर्तमान सरकारले अगाडि सारेको विकास र समृद्धिको नारा छ, त्यसबारे २/३ वटा विषयमा ध्यान दिनुपर्छ। नेपाल अहिले अर्धऔपनिवेशिक अवस्था हुँदै नवऔपनिवेशिक अवस्थामा गएको छ। भारतसँग गरेका असमान सन्धि–सम्झौता यथावत् छन्। नेपालको विकास गर्नका लागि भारतसँगका असमान सन्धि–सम्झौता खारेज गर्नुुपर्छ र नेपालको हित हुुने गरी नयाँ सम्झौता गर्नुुपर्छ। वर्तमान सरकार र त्यसमा रहेका दलहरू त्यो खारेज गर्न तयार छैनन्। नेपालका सबे नदीनाला भारतलाई सुम्पिएको छ। अरुण तेस्रोसम्मको परिघटनाले त्यही देखाउँछ।

विकास र समृद्धिका नाममा सरकार स्वेच्छाचारी र निरंकुश हुने सम्भावना भने प्रशस्त छ। प्रधानमन्त्रीकै भनाइले पनि त्यस्तै संकेत गर्छ।

विकास गर्नका लागि प्राकृतिक स्रोतसाधन मात्र भएर पुुग्दैन, मानवीय स्रोतसाधनको पनि आवश्यकता पर्छ। तर तीन करोडमा एक करोड नेपाली देश बाहिर छन्। त्यो जनसंख्यालाई देशमा नफर्काउँदासम्म विकास असम्भव छ। सरकारले ती युवालाई फर्काउन सक्ने छैन।

विकास र समृद्धिको नाममा सरकार स्वेच्छाचारी र निरंकुश हुने सम्भावना भने प्रशस्त छ। प्रधानमन्त्रीकै भनाइले पनि त्यस्तै संकेत गर्छ। प्रधानमन्त्रीले अब बन्द–हडताल गर्न पाइँदैन भन्नुभएको छ। चीनमा माओकै पालामा त हडताललाई निषेध थिएन। ओली र प्रचण्डले कस्तो लोकतन्त्र, जनजीविकाको कुुरा गर्दै हुुनुुहुुन्छ, बुझ्न सकिएको छैन।

यो सरकारले बढीमा सुधारका केही काम गर्नेछ। संविधानमा शिक्षा, स्वास्थ्य, आवास, रोजगार, खाद्यसम्प्रभुुताजस्ता विषय मौलिक अधिकारमा समेटिएको छ। त्यसलाई कसरी सम्बोधन गर्ला ? शिक्षा, स्वास्थ्यमा व्यापक विश्वविश्वव्यापीकरण भएको छ। त्यसमा कसरी सुधार ल्याउला यो सरकारले ? भूकम्प पीडितलाई पुनर्स्थापना त गर्न सकिरहेको छैन। रेल, तेल ल्याउँदा रामै हुुन्छ। गर्दा राम्रो।

किन असफल ?

माओवादी आन्दोलन असफल भएको छ। यसको पछाडि कारण छ। मुख्य कारण आत्मगत हो। मूल नेतृत्वमा विचलन आइसकेपछि आन्दोलन असफल भएको हो। यसमा हाम्रा कमजोरी नै छैनन भन्ने होइन। आवश्यकताका आधारमा सचेत हुन नसक्नु हाम्रो मुख्य कमजोरी हो।

हामी कमजोर भएका छौं भन्ने सत्य हो। हामीले धेरै काम गर्छौं भनेर आयौं। केही काम ग¥यौं पनि। पुरानो राज्यसत्ता पल्टाएर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्दै साम्यवादतिर जाने भनेर थुुपै्रले बलिदान र संघर्ष गरेर आएका हौं। तर हामी असाध्यै झुुक्कियौं। विद्रोह गर्ने भनेर हामीलाई झुुक्याउँदै ल्याइयो। नेतृत्वलाई अत्यधिक मात्रामा स्थापित गर्दा पनि यो गल्ती हुन पुगेको हो। तर यो सत्यको एउटा पाटो मात्र हो। सत्यको अर्को पाटो पनि छ। त्यो हो, यो विचलनविरुद्ध हामीले विद्रोह बोलेका छौं।

हामी यो असफलताबाट निराश हुने छैनौं। आन्दोलन यस्तै चक्रमा चल्छ। अहिले कमजोर भए पनि पछि यसले एउटा ठूलो रूप लिनेछ। आत्मगत अवस्थाको सीमाका कारण अहिलेको अवस्था आएको हो। विश्व अर्थतन्त्रमा अहिले संकटमा छ। साम्राज्यवाद संकटमा छ। यहाँ पनि संकट छ। यस्तो बेला आत्मगत रूपमा जुुन खालले संगठन मजबुुत हुनुपर्ने हो, त्यस्तो हुन सकेको छैन। यस्तो किन भयो ? यसबारे समीक्षा गर्दै हामी अगाडि बढ्नेछौं।

चाहिन्छ वैकल्पिक एकता

विचलित नभएका क्रान्तिकारीबीच एकता जरुरी छ। त्यसैले अहिले नेत्रविक्रमजी नेतृत्वको नेकपा (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताको लागि छलफल चलिरहेको छ। यद्यपि घनीभूत छलफल भइसकेको छैन। कार्यगत एकता गर्ने मुुख्य ‘इस्युु’ मा र पार्टी एकतामा पनि छलफल चलाउँदै जाने भन्नेसम्ममा छलफल भएको छ। त्यो पनि गुुणात्मक रूपमा अगाडि बढेको छैन। यसैबीच मोहनविक्रमजीहरूले अस्थायी रूपमा कार्यगत रूपमा यो मोर्चा स्थगन गर्ने भन्नुभएको छ। छलफल जारी छ।

यो एकता यी चार पार्टीबीच मात्र नभई माओवादी केन्द्रबाट विद्रोह गर्नुभएका केही साथीहरूसँग पनि हुनेछ। अब हामी सबैले समीक्षा गरेर आफ्ना कमजोरी पहिल्याएर नयाँ कार्यभारबारे बहस गर्न जरुरी छ। त्यसका लागि वैकल्पिक एकताको खाँचो छ, जसले आन्दोलनलाई माथी उठाउनेछ। राजनीतिको आयुु लामो हुुन्छ, मानिसको छोटो। हामी तुुरुन्तै परिणाम खोज्ने कुुरा गर्छौं, तर राजनीति र युुगले त्यस्तो मान्दैन। त्यसकारण सबै बर्बाद भयो भन्ने होेइन, अलि–अलि बर्बाद भएको छ। त्यसलाई सुुधार गरेर जानुुपर्छ।

सबैभन्दा मुख्य कुरा, हामीले वैचारिक रूपले क्रान्तिको झन्डा विर्सजन गरेका छैनौं, यसलाई माथि उठाउँदै गयौं भने फेरि विकास गरेर जान सक्छौं। हाम्रो विगत पनि त्यही हो। सानोबाट ठूलो हुँदै गएको हो, अहिले पनि त्यसैगरी जान्छौं। नेपालमा टुुटफुुटको प्रक्रिया अगाडि बढे पनि अरू साथीहरू पनि छन्, विस्तारै वैकल्पिक क्रान्तिकारी धार पनि ठूलो हुुँदै जानेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.