'बजेट कर्मकाण्डी'

'बजेट कर्मकाण्डी'

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले २०७५\७६ को बजेटले कुनै उत्साह थप्न नसकेको बताएका छन् । ‘केपी ओली नेतृत्वको सरकारले गफ र सपना धेरै बाँडेको थियो तर बजे सो अनुसारको आएन,’ राजपा नेता यादवले भने,‘ बजेटले जनताको मन जित्न सकेन ।’

उनले बजेट कर्मकाण्डी मात्रै भएको आरोप लगाए । ‘अब त केही हुन्छ कि भन्ने आशा थियो । तर हात्ती आयो हात्ती आयो फुस्सा । यो बजेट कर्मकाण्डी मात्रै हो ,’ यादवले भने ।

बहुमत सहितको स्थिर सरकारले ल्याएको बजेट विगतकै सरकारले ल्याएजस्तो भएको उनको जिकिर छ । यादवले भने,‘यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो ।’ 

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाबीच नै तालमेल नमिलेका कारण बजेट स्तरीय बन्न नसकेको आशंका यादवले व्यक्त गरे ।

'आक्रामक र आयतन बढ्नुपथ्र्यो , प्राथमिकता किटान गर्नुपथ्र्यो , उत्पादन ताकेर वृद्धिदरको लक्ष्य राख्नुपथ्र्यो  तर कुनै पनि योजनाको आधार नै छैन,’यादवले भने । प्रदेश र स्थानीय सरकारलाई बजेटले प्राथमिकता दिन नसकेको भन्दै उनले आपत्ति जनाएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.