३३ किलो सुन तस्करीका अभियुक्त एसएसपी खत्रीको बयान सुरु

३३ किलो सुन तस्करीका अभियुक्त एसएसपी खत्रीको बयान  सुरु

विराटनगर : सुन तस्करीमा संलग्न भनिएका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री बिहीबार बिहान जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् ।

उनी बिहान १०ः४५ बजे अदालतमा हाजिर भएको निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा फरार रहेका ३२ जना प्रतिवादीभित्र मुख्य अभियुक्त मध्येका एसएसपी खत्री पनि हुन् ।

अभियोग लागेपछि फरार बनेका एसएसपी खत्री अदालतमा उपस्थित भएका हुन् । अदालतले उपस्थितीकालागि फरार रहेका प्रतिवादीका नाममा ७० दिनको म्याद जारी गरिसकेको छ । यो काण्डमा २९ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

 एसएसपी खत्रीलाई पक्राउ गर्नका लागि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएकोे थियो । प्रहरी र सुन काण्ड छानविन गर्नका लागि सरकारद्वारा गठित गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले खत्री लगायत फरार रहेकाहरुको खोजी गरिरहेको थियो ।

घटनाका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले खत्री पक्राउ परेपछि सुन तस्करीका बारेमा सबै कुरा खुल्ने बयान अदालतमा दिइसकेका छन् । पुर्पक्षका लागि कारागार चलान भइसकेका गोरेले खत्रीलाई पक्राउ गरेर बयान लिंदा सुनका मालिक देखिलिएर गिरोहसम्मका बारेमा जानकारी हुने बयान दिएका थिए ।

उनको बयानमा र अदालतमा विपक्षी बनाएर दायर गरिएको अभियोगमा खत्रीले तस्करीमा सहयोग गर्दा एक किलो सुन बराबर पचास हजार रुपैयाँ लिने गरेको दावी गरिएको छ ।

 छानविन समितिका एक सदस्यका अनुसार सुन तस्करीमा संलग्नले प्रहरीसँग सेटिङ मिलाउने सबैजिम्मा एसएसपी खत्रीलाई दिएका थिए । यसैबीच अदालतमा हाजिर भएका खत्रीसँग जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयान लिन सुरु गरिएको निमित्त स्रेस्तेदार गौतमले बताए ।

खत्रीसँग बन्द इजलासमा बयान लिने काम सुरु गरिए पनि बयान लिन कति समय लाग्छ भन्ने बारेमा यकिन भइसकेको छैन । सुन तस्करी र सनम हत्या काण्डमा एसएसपी खत्रीसहित ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा अपराधिक समुह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत वैशाख १९ गते मुद्दा दर्ता गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.