घूस लिने प्रहरीको फोटोसहितको विवरण अब सूचना पाटीमा

घूस लिने प्रहरीको फोटोसहितको विवरण अब सूचना पाटीमा

विराटनगर : सर्वसाधारण सेवाग्राहीसँग घूस बापत पैसा लिने प्रहरीको फोटोसहितको सबै विवरण जिल्ला प्रहरी कार्यालय मोरङको सूचना पाटीमा राखिने भएको छ । 

घूस लिने प्रहरीलाई विभागीय कारवाही मात्रै गर्ने परम्परा तोड्दै मोरङ प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो। ‘कोही कसैसँग जुनसुकै प्रहरी कर्मचारीले घूस लिए पनि कारबाही हुन्छ,’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘कारबाहीका साथै पैसा लिने प्रहरीको फोटोसहितको सबै विवरण सूचना पाटीमा राखेर सार्वजनिक गरिने छ।’ 

केसीले प्रहरीले पैसाकै लोभमा परेर कतिपय अवैध कामलाई पनि सहयोग गर्ने गरेको र अपराधिक घटनामा समेत मिलेमतो गर्ने गरेको पाइएपछि थप कडाई थालिएको जानकारी दिए। ‘प्रहरीले शून्य सहनशीलतामा काम गर्ने हो। राज्यले दिएको तलबलगायतका सुविधा बाहेकमा लोभ गर्ने पनि हैन’, उनले भने। 

केसीले राजमार्गमा हुने अवैध गतिविधि, सीमा अपराध, गुण्डागर्दी, तस्करी र प्राकृतिक स्रोतमाथिको दोहन नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको जानकारी दिए। विराटनगर महानगरपालिका प्रदेश १ को अस्थायी राजधानी भएका कारण पनि महानगरको शान्ति सुरक्षाका सवालमा प्रहरी गम्भीर रहेको केसीको भनाइ छ। त्यसका लागि विकृति र विसंगती रहित सुरक्षित महानगरको परिकल्पनासहितको सुरक्षा रणनीति तयार पारिएको जानकारी उनले दिए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.