छ सह-सचिवको पदस्थापन, तीनको सरुवा

छ सह-सचिवको पदस्थापन, तीनको सरुवा

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सह-सचिवको खुला प्रतिस्पर्धाबाट बढुवा भएका छ जनाको पदस्थापन र तीनजना सह-सचिवको सरुवा गरेको छ।

खुलाबाट सहसचिवमा वढुवा भएका ६ जनामध्ये गोगनबहादुर हमाललाई प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, मुक्तिप्रसाद पाण्डेलाई प्रदेश  ४ को आर्थिक मामिला तथा योजना मन्त्रालय, टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिका, आनन्द सारु मगरलाई तुलसीपुर उपमहानगरपालिका, रुद्रादेवी शर्मालाई प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सन्तबहादुर सुनारलाई धनगढी उपमहानगरपालिकामा पदस्थापन गरिएको छ।

त्यसैगरी मन्त्रालयले प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्रालयका विष्णुराज ढकाललाई प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश ७ को भौतिकपूर्वाधार विकास मन्त्रालयका राजनराज पाण्डेलाई प्रदेश प्रदेश ७ कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तथा जल तथा ऊर्जा आयोगका इन्द्रदेव भट्टलाई प्रदेश ७ को भौतिक पुर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.