योगेश वैद्यका संगीतमा सात दशक

योगेश वैद्यका संगीतमा सात दशक

मोहनराज शर्मा/सम्पूर्ण

नेपाली सुगम संगीतमा गायक योगेश वैद्यको आफ्नै उचाइ छ। उमेरले ७० नाघे पनि उनको गलाको शक्ति र सामथ्र्य अहिले पनि उस्तै छ। अनि, साधना र समर्पण पनि उस्तै छ। अचेल पनि उनी गुनगुनाइरहेका भेटिन्छन्। 

कोही मन खाने मान्छे भेट्यो कि सुनाइहाल्छन् केही न केही।२०१४ सालताका चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा युग कवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत गाएपछि उनको चर्चा हुन थाल्यो। भाषिक आन्दोलन चलिरहेको त्यो समय साहित्यिक तथा सांस्कृतिक अभियानमा सक्रिय हुन थालेका वैद्यलाई गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठ लगायतको साथ थियो। 

२०२५ सालमा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा 'कति प्यासी छ जिन्दगी' गीत गाएपछि उनी अझै चर्चित भए। त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गरे। जागिरे जीवनमा पनि उनी संगीतमा निरन्तर लागिरहे।

वैद्यले मवीवि शाहले लेखेको 'नेपाल मेरो तिमीलाई उपहार भो' गीत २०२७ सालमा रेकर्ड गराए। 'सपना भुलाइ सारा' उनले २०४४ सालमा गाएको गीत हो। त्यो गीत रेकर्ड हुँदा यसका रचनाकार को हुन् वैद्यलाई थाहै थिएन। शिव अधिकारीले लेखेको यही गीत पछि वैद्यको पर्याय बन्यो। गीत संगीतमै सात दशक बिताएका उनलाई अझै संगीतको धीत मरेको छैन। उनी जीवनभर संगीतकर्मलाई  निरन्तरता दिन चाहन्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.