काठमाडौंकी उपमेयर भन्छिन्  ः एक वर्ष त अन्यौलमा नै बित्यो

काठमाडौंकी उपमेयर भन्छिन्  ः एक वर्ष त अन्यौलमा नै बित्यो

काठमाडौं  :  काठमाडौं उपमहानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले  एक वर्षको कार्यकाल अन्यौलपूर्ण अवस्थामा नै बितेको बताएकी छन् ।   निर्वाचित भई कार्यारम्भ सम्हालेको वर्षदिन पुग्न लागि सक्दा पनि राजधानी शहरको योजनावद्ध विकासका लागि प्रारम्भिक प्रयास समेत हुन नसकेको उनको आरोप छ  ।

उपमेयर खड्गीले प्रेसविज्ञप्ति जारी गर्दै योजनावद्ध विकासका खाकासमेत नआउँदा  अन्यौलपूर्ण अवस्था सिर्जना भएको बताइन । उनले कार्यपालिकाभित्र व्यापक छलफल र सहमतिमा निर्णय गर्ने परिपाटी विकास गरी अवलम्बन र अभ्यास गर्ने परिस्थिति निर्माण गर्न नसकिएको बताएकी छन् ।

 नागरिकको गुनासो सुन्ने तथा गुनासो व्यवस्थापन गर्ने प्रभावकारी प्रणाली विकास नगर्दा जनताका समस्याले समयमै निकास पाउने वातावरण बन्न नसकेको उनको आरोप छ ।  उपमेयर खड्गीले अनुगमन र मुल्याङ्कनको सन्तुलित प्रणाली विकास गरी महानगरपालिका कार्यालयको काम कारवाहीमा जवाफदेहिता र जिम्मेवारी बढाउने पद्दति विकास गरी लागु गर्न नसकिएको बताइन । 

उपमेयर खड्गीले मेयर विद्यासुन्दुर शाक्यप्रति इंगित गर्दै सामुहिक जिम्मेवारीका साथ काम गर्ने वातावरण बनाउने कुरामा नेतृत्वले उदासिनता देखाउँदै आएको आरोप लगाइन । उनले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा उपयुक्त दृष्टिकोण अवलम्बन गर्न महानगरपालिका कार्यालयलाई अभिप्रेरित गरी पुननिर्माण कार्यमा भएको अनिश्चितता हटाउन प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गरेकी छन् ।

 उपमेयर खड्गीले धरहराको उचित संरक्षण र विकासका लागि आवश्यक कार्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको बताइन । उनले नेपाली सेनाले महाङ्काल लगायतका स्थानमा भवन निर्माण गर्नु पूर्व भवन निर्माण इजाजत लिनुपर्नेमा त्यस्तो गरिएको नपाइएबाट सम्बन्धित अधिकारीहरुसँगको समन्वयमा समस्या समाधानको प्रयास गरिएको बताइन । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.