यस्तो छ नेपाल कम्युनिस्ट पार्टीका दुर्इ अध्यक्षको पहिलो निर्देशन

यस्तो छ नेपाल कम्युनिस्ट पार्टीका दुर्इ अध्यक्षको पहिलो निर्देशन

काठमाडौं : एकताको दुई सातापछि नेपाल कम्युनिष्ट पार्टी दुई अध्यक्षले पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी गरेका छन्। 

जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न उनीहरुले अन्तरपार्टी निर्देशनमार्फत आह्वान गरेका हुन्। 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही जेठ ३ गते एकता भई निर्वाचन आयोगमा दल दर्ता भएको थियो। पार्टीका केन्द्रीय सदस्य खिमलाल देवकाटाले नेकपाले निर्वाचन आयोगमा बुझाउनुपर्ने सबैजसो कागजात पेश गरिसकेकाले चाँडै आयोगबाट दल दर्ताको निर्णय आउने अपेक्षा गरिएको र अन्य सांगठनिक कार्य सुरु भएको बताए।

दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछिको ऐतिहासिक कार्यभार, मातहतका कमिटीको एकता, ४४१ केन्द्रीय सदस्य, ४५ सदस्यीय स्थायी कमिटी र नौ सदस्यीय सचिवालयको विवरणसहित भावी कार्यदिशाबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरमा सो अन्तरपार्टी निर्देशन–१ जारी भएको हो। 

कम्युनिष्ट पार्टीहरुमा अन्तरपार्टी निर्देशनलाई पार्टीको आधिकारिक निर्णयहरुबारे वैधानिकरुपमा जानकारी र निर्देशन दिने तथा कार्यान्वयनमा एकरुपता ल्याउने सांगठनिक दस्तावेज मानिन्छ। 

गुटबन्दी नगर्न निर्देशन 

पार्टीलाई अन्तरपार्टी जनवाद र अनुशासनका दृष्टिले सुदृढ एवं व्यवस्थित गर्न कुनै पनि प्रकारको गुटबन्दी र पक्षधरताका हानिकारक प्रवृत्तिहरू प्रकट हुन नपाउन् भनेर होसियार रहन पनि अध्यक्षद्वयले निर्देशन दिए।

‘सबै समस्याको विधिसम्मत् समाधन खोज्ने प्रणालीलाई सबल बनाउँदै जानुपर्छ, सबै तहका सरकार तथा जनप्रतिनिधि संस्थालाई जनता र राष्ट्रको सेवामा परिणामदायी ढंगले परिचालित गर्नुपर्दछ, पार्टीका नेता, कार्यकर्ता र सदस्यका साथै सबै तहका सरकार र जनप्रतिनिधिको आचरणलाई पारदर्शी, सदाचारयुक्त र जनप्रिय बनाउनुपर्छ,’ यही जेठ १६ को मितिमा जारी निर्देशन –१ मा भनिएको छ, ‘हामीले सम्पन्न गरेको यो युगिन महत्वको एकताबाट आमनेपाली जनता र नेपाललाई माया गर्ने विश्व समुदायमा समेत असाधारण उत्साह पैदा भएको छ, यो एकताबाट प्राप्त भएको शक्तिलाई हामीले दम्भ, घमण्ड र अहंकारको विषय होइन, जनता र राष्ट्रप्रतिको गहन जिम्मेवारीका रुपमा लिनुपर्छ।’ 

स्थायी कमिटीमा को को ?

तत्कालीन एमालेबाट २६ र केन्द्रबाट १९ गरी ४५ सदस्यीय स्थायी कमिटीको नामावलीलाई नेकपाले अन्तिम रुप दिएको छ। स्थायी कमिटीमा वर्णानुक्रमअनुसार अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटा, अष्टलक्ष्मी शाक्य, ईश्वर पोख्रेल ९सचिवालय सदस्य०, किरण गुरुङ, गणेश साह, गिरिराजमणि पोख्रेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, चन्द्रदेव खनाल, छविलाल विश्वकर्मा, जनार्दन शर्मा, झलनाथ खनाल (वरिष्ठ नेता), टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ (सचिवालय सदस्य तथा प्रवक्ता), पम्फा भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, वर्षमान पुन, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणि थापा, मातृका यादव, माधवकुमार नेपाल (वरिष्ठ नेता), मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, रघुवीर महासेठ, रामबहादुर थापा (सचिवालय सदस्य), लीलामणि पोख्रेल, लेखराज भट्ट, वामदेव गौतम (सचिवालय सदस्य), विष्णुप्रसाद पौडेल (महासचिव), विष्णु रिमाल, बेदुराम भुसाल, शंकर पोख्रेल, शक्ति बस्नेत, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, हरिबोल गजुरेल रहनुभएको छ। 

जिल्लागत एकता कार्यदलको प्रतिवेदन बन्दै 

नेकपाको यही जेठ ७ बसेको केन्द्रीय सचिवालयको प्रथम बैठकले पार्टीको अन्तरिम विधानका आधारमा नियमावली मस्यौदा गर्न महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्राप्त गरेको १५ दिनको समयावधिभित्रै प्रतिवेदन दिने तयारी गरेको छ। 

कार्यदलका सदस्य बेदुराम भुसालले आफूहरुबीच नियमावलीबारे छलफल भइसकेको र अब चाँडै सचिवालयमा पेश हुने जानकारी दिनुभयो। सोही सचिवालय बैठकले मातहतका पार्टी कमिटी तथा जनवर्गीय संगठनको एकता÷एकीकरण प्रदेशगत, प्रभाव र जनसंगठनका तत्कालीन इञ्चार्ज तथा प्रमुख एवं सम्बन्धित जनसंगठनका अध्यक्षहरु रहेको कार्यदल गठन गरेको छ। 

एकताको तीन महिनाभित्र सबै कमिटीलाई एकीकृत गर्ने पार्टीको लक्ष्य छ। रासस/प्रकाश सिलवाल 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.