समाजवाद प्राप्तिको दिशामा विश्व कम्युनिस्टहरूको प्रतिबद्धता

समाजवाद प्राप्तिको दिशामा विश्व कम्युनिस्टहरूको प्रतिबद्धता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (मसाल) को संयुक्त आयोजनामा भएको ‘माक्र्सवाद र सामाजवादबारे अन्तर्राष्ट्रिय सेमिनार’ छबुँदे काठमाडौं घोषणापत्र २०१८ जारी गर्दै बिहीबार (१७ जेठ २०७५) सकिएको छ। काल माक्र्सको द्विशतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा १७ देशका २३ कम्युनिस्ट पार्टीहरूको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो देशको कम्युनिस्ट आन्दोलन र सामाजवादका विभिन्न आयामहरूका विषयमा धारणा राखेका थिए।

घोषणापत्रमा श्रमजीवी जनताका विषयमा माक्र्सले पुर्‍याएको योगदानका विषयमा चर्चा गरिएको थियो। माक्र्सको द्विशतवार्षिकी मनाइराख्दा हामी सबैले माक्र्सले विश्वलाई पुर्‍याएको रचनात्मक कार्यहरूको देशसुहाउँदो रूपमा कार्यान्वयन गर्न सम्बन्धित देशहरूले पहलकदमी लिने बताइएको छ। वर्तमान विश्वमा माक्र्सवादका विषयमा गहन छलफल गरिएको पनि घोषणापत्रमा जनाइएको छ। अहिलेको आवश्यकताअनुरूप माक्र्सवादलाई परिस्कृत रूपमा लैजान सम्मेलनमा सहभागी सबै देशहरू सहमत रहेको कुरा उल्लेख गर्दै घोषणापत्रले माक्र्सले विश्व इतिहास, दर्शन र राजनीति, आर्थिक नीतिमा, संस्कृतिमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अघिल्लो शताब्दीको र हालसम्मकै महान् चिन्तकका रूपमा काल माक्र्सलाई उल्लेख गरेको छ। माक्र्सवाद अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै विश्वका सबै कम्युनिस्टहरूको निर्देशक सिद्धान्तका रूपमा माक्र्सवादलाई व्याख्या गरिएको छ।

वर्तमान विश्व विभिन्न किसिमका विरोधाभासबाट गुज्रिएको बताउँदै घोषणापत्रले विश्व तीव्रतर रूपमा वैज्ञानिक, प्राविधिक क्षेत्रमा अघि बढेको बताएको छ। आर्थिक रूपमा विश्वमा पारदर्शिता नभएको र आर्थिक स्रोतसाधन असमान हिसाबमा बाँडिएको बताउँदै उक्त घोषणापत्रले विश्वमा साम्राज्यवादी दृष्टिकोण अझै रहेको बताएको छ। माक्र्सवादले सबै किसिमका असमानता चिर्दै विश्वमा न्यायिक समानता, स्वतन्त्रता, शान्ति र समृद्धि प्राप्तिका लागि समाजवादको आवश्यकता रहेको उल्लेख गरेको छ। माक्र्सवाद र समाजवादलाई अघि बढाउन विश्वभरका माक्र्सवादीहरू एकताबद्ध हुनुपर्नेमा घोषणापत्रले जोड दिएको छ।

प्रजातन्त्र, समाजवाद, न्यायिक स्वतन्त्रता, शान्ति र वातावरण संरक्षणका लागि लड्ने सबैप्रति एकताबद्ध जनाउँदै महिला स्वतन्त्रता, जातीय र लैंगिक भेदभाव, गरिबी र एकात्मक पुँजीवादविरुद्ध लड्ने सबैप्रति एकताबद्धता रहेको घोषणापत्रमा बताइएको छ। नेपालका कम्युनिस्टहरूले प्रदर्शन गरेको अविश्वसनीय सफलताको प्रशंसा गर्दै नेपालका दुई ठूला कम्युनिस्ट पार्टीको एकता र नेपालकै ठूलो पार्टीका रूपमा उदय भएकोेमा विश्वका कम्युनिस्टहरूले बधाई दिएका छन्। स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा नेपालका कम्युनिस्ट पार्टीहरूले पाएको सफलता र त्यसैको प्रभावमा बनेको कम्युनिस्ट सरकारलाई पनि सेमिनारमा उपस्थित कम्युनिस्ट पार्टीहरूले बधाई दिएका छन्।

सहभागीहरूले आफ्नो देशमा माक्र्सवादलाई घनीभूत रूपमा प्रवद्र्धन गर्दै सामाजवाद प्राप्त गर्ने दिशातर्फ उन्मुख हुने कुरा उल्लेख गर्दै विभिन्न तहमा विचारहरूको आदानप्रदान गर्ने प्रतिबद्धता पनि उक्त घोषणापत्रले जनाएको छ।

नेपाली आयोजकहरूलाई कार्यक्रम आयोजनाका लागि धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सकिएको थियो।

कार्यक्रममा सहभागी देश र कम्युनिस्ट पार्टीहरू यस प्रकार रहेका छन् :

सोसलिस्ट एलायन्स अस्ट्रेलिया, सोसलिस्ट पार्टी अफ बंगलादेश, रिभोलुसनरी वर्कर्स पार्टी बंगलादेश, कम्युनिस्ट पार्टी बंगलादेश, वर्कर्स पार्टी बंगलादेश, कम्युनिस्ट पार्टी अफ चाइना, जर्मनको एमएलपीडी, सीपीआई (एमएल) लिबरेसन भारत, सीपीआई भारत, सीपीआई (माक्र्सवादी) भारत, प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया, लाओ जनवादी क्रान्तिकारी पार्टी लाओ, प्रजातान्त्रिक मार्ग मोरक्को, नेकपा नेपाल, नेकपा (मसाल), कम्युनिस्ट पार्टी अफ रसियन फ्रडरेसन रूस, जेभीपी श्रीलंका, रिभोलुसनरी वर्कर्स पार्टी अफ साउथ अफ्रिका, युनाइटेड सोसलिस्ट पार्टी भेनेजुयला, कम्युनिस्ट पार्टी अफ भियतनाम, सोसलिस्ट पार्टी अफ जाम्बिया।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.