सौन्दर्य प्रसाधन : कुनको काम के ?

सौन्दर्य प्रसाधन : कुनको  काम के ?

महिलाहरूले दिनहुँ मेकअपका लागि विभिन्न सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छन्। महिलाहरूले आफूले प्रयोग गर्ने प्रसाधनले कसरी काम गर्छ ? त्यसको काम के हो ? कसरी त्यसको सदुपयोग गर्नेलगायत कुरा थाहा पाइराख्दा राम्रो हुन्छ। 

फाउन्डेसन

फाउन्डेसनले मेकअप गर्नुअघि अनुहारमा एक प्रकारको सतह निर्माण गर्न मद्दत गर्छ। यसले अनुहारको छालामा भएका दागधब्बा, चायापोतो

गीता गिरी, ब्युटी एक्सपर्ट

लुकाउने काम गर्छ। फाउन्डेसन क्रिम र झोलमा पाइन्छ। झोलवाला फाउन्डेसन निकै पातलो हुन्छ। क्रिम फाउन्डेसन खस्रो छालाका लागि ठीक हुन्छ। केक फाउन्डेसन जमेको टुक्राको रूपमा हुन्छ। केक फाउन्डेसन लगाएपछि यसमाथि कुनै पनि प्रकारको पाउडरको आवश्यकता पर्दैन। यसलाई भिजेको स्पंजको सहायताले लगाउनुपर्छ। यो तैलीय छालाका लागि उपयुक्त हुन्छ। फाउन्डेसन विभिन्न रङ र सेडमा पाइन्छ। आफ्नो छालाको रङसित मेल खाने फाउन्डेसन प्रयोग गर्नुपर्छ। 

क्लिन्जिङ मिल्क
यो दूध जस्तै तरल हुन्छ। यसले अनुहारको छालामा जमेको फोहर तथा धुलोका सूक्ष्म कणलाई हटाउन मद्दत गर्छ। छाला सफा गर्न यसको प्रयोग गरिन्छ। यसलाई कपासको सहायताले अनुहारमा लगाएर पछि टिस्यू पेपरले पुछ्नुपर्छ। 

क्लिन्जिङ क्रिम 
अनुहारको छाला रुखो र सुक्खा हुनेहरूले क्लिन्जिङ क्रिम प्रयोग गर्नुपर्छ। यसले छालालाई नरम बनाउँछ। 

ब्लिचिङ क्रिम
कालो र मैलो छालामा निखार ल्याउन ब्लिचिङ क्रिमको प्रयोग गर्नुपर्छ। 

ह्वाइटनिङ क्रिम 
घामका कारण डढेको छालामा निखार ल्याउन यो क्रिमको प्रयोग गर्नुपर्छ। यसले अनुहारको छालामा चमक ल्याउन मद्दत गर्छ। 

स्किन टनिक
सुक्खा छालामा चमक ल्याउन तथा नरम बनाउन स्किन टनिक प्रयोग गर्नुपर्छ।  राति सुत्नुअघि यसको प्रयोग गर्नुपर्छ। क्लिन्जिङ मिल्कले अनुहार सफा गरेपछि स्किन टोनिक लगाउनुपर्छ र बिहान उठेपछि धुनुपर्छ। 

सनस्क्रिन क्रिम 
छालालाई घामबाट बचाउन सनस्क्रिन अथवा सनब्लक क्रिमको प्रयोग गरिन्छ। यसले छालालाई सूर्यको अल्ट्रा भ्वाइलेट किरणबाट बचाउँछ। छाला डढ्दैन। 

पाउडर 
पाउडयलरले मेकअपलाई दिनभरि सही हालतमा राख्न मद्दत गर्छ। यो विभिन्न सेड्समा पाइन्छ। गर्मीमा गाढा रङको पाउडर प्रयोग गर्नुपर्छ। 

मस्कारा 
मस्कारा तरल र केक दुवै प्रकारमा पाइन्छ। केक मस्कारा ब्रसको सहायताले लगाउन सकिन्छ। केक मस्कारा छिटो सुक्छ। मस्कारा र आइलाइनरको सेड एकै किसिमको हुनुपर्छ। 

आइलाइनर 
पेन्सिल आकारको आइलाइनर सबैभन्दा उपयुक्त हुन्छ। आँखी भुइँमा पनि यसको प्रयोग गर्न सकिन्छ।

आइस्याडो 
स्टिक केक र क्रिममा आइस्याडो पाइन्छ। तैलीय छालामा केक आइस्याडो उपयुक्त हुन्छ। आइस्याडो छान्दा आँखाको रङमा विशेष ध्यान पुर्‍याउनुपर्छ।

ब्लसर
ब्लसर केक र तरल दुई थरीको पाइन्छ। तरलभन्दा केक ब्लसर राम्रो मानिन्छ। गालामा ब्लसर लगाएर अनुहारलाई चम्किलो र उज्ज्वल देखाउन सकिन्छ।

नेल पालिस
हात तथा खुट्टाका नङमा नेल पोलिस लगाई सुन्दर देखाउन सकिन्छ। पहिरनको रङसँग मिलाएर नेल पोलिस लगाउँदा झन् राम्रो देखिन्छ। यो विभिन्न रङमा पाइन्छ।

हेयर कलरिङ स्टिक 
धेरै नै कपाल सेतो भएकाहरूले हेयर कलरिङ स्टिकका प्रयोग गरी कपाललाई कालो बनाउन सक्छन्। 

आइब्रो पेन्सिल 
आँखीभौँलाई बाक्लो तथा लामो आकारको देखाउन आइब्रो पेन्सिल प्रयोग गर्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.