कसरी पुग्यो सगरमाथामा अवैध ‘क्रिप्टोकरेन्सी

कसरी पुग्यो सगरमाथामा  अवैध ‘क्रिप्टोकरेन्सी

काठमाडौं :  युक्रेनी नागरिकले अवैध मुद्रा ‘क्रिप्टोकरेन्सी’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सगरमाथाको चुचुरो पु¥याएर स्वदेश फर्काउँदा समेत राज्य संयन्त्रले अत्तोपत्तो पाएन । राष्ट्र बैंकले अवैध घोषणा गरेको डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ चार युक्रेनी आरोहीको टोलीले दुई महिना अवधिमा सगरमाथाको चुचुरो पु¥याएर स्वदेश फर्काएको थियो ।

संसारको सर्वोच्च शिखरसम्म अवैध सामाग्री पुग्दा पनि राज्य संयन्त्रले भने कुनै भेउ पाएको देखिन्नँ । पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले अवैध वस्तु सानो भएकाले नदेखिएको जिकिर गरे।

‘अवैध वस्तुको आकार सानो भएकाले नदेखिएको हो’, सापकोटाले अन्नपूर्णसँग भने, ‘विमानस्थलमासमेत कडाइ नहुँदा अवैध सामाग्री भित्रिएको हुन सक्छ ।’ उनले चुचुरोमा पु¥याइएका ‘क्रिप्टोकरेन्सी’ अवैध भएकाले सो मुद्रा लैजाने युक्रेनी आरोहीलाई कारवाही गर्न सकिने बताए ।

युक्रेनी आरोहीले एएसकेएफएम नामक सामाजिक सञ्जालको प्रचार गर्न अवैध मुद्रालाई सर्वोच्च शिखरमा पु¥याएर ‘प्रपोगान्डा’ गरेका थिए । उनीहरूले ल्याएको अवैध सामाग्री विमानस्थलमा अध्यागमनका कर्मचारीले पत्तो पाएनन् भने आरोहणलाई सञ्चालन गर्ने पर्यटन विभाग, सम्पर्क अधिकृत, आरोहण एजेन्सी, गाइडले समेत पत्तो पाउन सकेनन् ।

चुचुरोमा वर्षेनी अवैध गतिविधि हुने गरे पनि विभागले कुनै चासो देखाएको छैन । साहसिक मानिने आरोहणलाई प्रचारबाजीका नाममा विभिन्न संघ–संस्थाले प्रयोग गर्दा समेत सरकारी निकायबाट नियमन हुन सकेको छैन ।

विभागले आधार शिविर जान अघि र आरोहण सम्पन्न गरी आएपश्चात् विभागकै हलमा ब्रिफिङ गर्ने गर्छ तर यो ब्रिफिङ औपचारिकतामा मात्र सीमित हुनु मुख्य कारण भएको आरोही लाक्पा शेर्पाले बताए । सम्पर्क अधिकृतलाई कडाइका साथ आधारशिविरमा नखटाउनु, क्षमता बिनाका कर्मचारीलाई हिमालमा खटाउने विभागको प्रवृत्तिले गर्दा हिमालमा अवैध गतिविधि झन् बढ्दो अवस्थामा पुगेको उनले दाबी गरे ।

यो पनि पढ्नोस्युक्रेनी आरोहीले शेर्पा गाइडको हत्या गरेको आशंका

नेपालमा अवैध गतिविधि गर्ने र विदेशमा पुगेर सार्वजनिक गर्ने परिपाटी बेलाबेला देखिइरहेको शेर्पाले जिकिर गरे ।

क्रिप्टोकरेन्सी प्रपोगान्डासँगै सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–९ कुरिमाका ४५ वर्षीय गाइड लामबाबु शेर्पा बेपक्ता भएको घटना शंकास्पद देखिएको छ।

युक्रेनी आरोहीलाई आरोहण आयोजना गर्ने सेभेन समिट ट्रेकका प्रबन्ध निर्देशक मिङमा शेर्पाले भने आफूलाई यो विषयमा उनीहरूले कुनै जानकारी नगराएको प्रतिक्रिया दिए । ‘यो घटनामा हामी अनभिज्ञ छौं, चुचुरोमा पु¥याउने र पठाउने दुवै दोषी हुन्’, उनले भने, ‘अवैधानिक सामाग्री भए सरकारले अझै पनि अनुसन्धान गरी कारवाही गर्नुपर्छ ।’

पर्यटक प्रहरी प्रमुख प्रहरी निरीक्षक रूपा थापाले आफूहरूले पर्यटकसँग भएका प्रत्यक्ष समन्वयकारी भूमिका मात्र गर्ने बताइन् ।

युक्रेनी ३ आरोहीले चुचुरोमा पुगेर वैशाख ३१ गते मुद्रालाई भिडियोमा कैद गरी प्रचार गरेका थिए । सरकारले आरोहण दलको सबै जिम्मा दिएर पठाएको सम्पर्क अधिकृत योगेश अर्यालले भने यस विषयमा जानकारी नभएको बताए । एजेन्सीले बुझाएको सामाग्री नामावलीमा यो अवैध नदेखिएकाले खासै चासो नदिएको उनको भनाइ छ ।

आधारशिविर जानुअघि आरोहण दलले लैजाने सामाग्री सबै विभागमा बुझाउनुपर्ने हुन्छ ।

विभागले आरोहीको विवरणकै आधारमा एजेन्सीले कागजात बुझाए आरोहण अनुमति दिने गर्छ । व्यक्तिसँग विस्तृत जानकारी नलिई कागजकै भरमा अनुमति दिनु नै कमजोरी भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामा बताउँछन् । ‘आरोहणको उद्देश्य र प्रयोजन स्पष्ट खुलाएर अनुमति दिए मात्र अवैध गतिविधि कम हुन्छ,’ लामाले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.