‘अपराधीलाई चालचलन ठीक भन्दै रिहाइ गर्ने काम विधिसम्मत होइन’

‘अपराधीलाई चालचलन ठीक भन्दै रिहाइ गर्ने काम विधिसम्मत होइन’

काठमाडौं : न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले द्वन्द्व र हिंसा अन्ततः कतै न कतै गएर समाप्त हुने विषय भएको बताएका छन् । उनले मानव अधिकार तथा शान्ति समाज स्थापनाको २२ औँ वर्षको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासको कुनै कालखण्डमा कुनै विषयमा हुने युद्ध हिंसात्मक भएपनि त्यस्ता युद्धबाट परिणाम निस्केपछि शान्तिमा रुपान्तरण भएका थुप्रै उदाहरण रहेको बताए । 

मन्त्री तामाङले सङ्क्रमणकालीन न्यायको मर्मलाई आत्मसात गर्दै सरकारले तत्काल सङ्क्रमणकालीन न्यायसबम्न्धी ऐनलाई संशोधन गर्न लागेको बताए । कार्यक्रममा मन्त्री तामाङले सरकार विधिको शासनको खिलापमा कहिल्यै नलाग्ने जानकारी दिए । 

राजनीतिज्ञ नीलाम्बर आचार्यले सरकार विधिको शासनको पक्षमा नरहेको आरोप लगाए । उनले पूर्व सांसद बालकृष्ण ढुङ्गेलको माफी विधिसम्मत नभएको, सरकारले १० वर्षे जनयुद्ध हिंसात्मक भन्न नसकेको, आफ्ना मान्छे भए चाल चलन असल भएको देखाउँदै रिहाइ गर्ने कार्य कुनै अवस्थामा पनि विधिसम्मत नभएको बताए । 

पूर्वमन्त्री नवीन्द्रराज जोशीले सरकार जनता प्रति जवाफदेही हुन नसकेको, कानूनी राज्यको उपहास गर्दै गएको टिप्पणी गरे। कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचन पर्यवेक्षणमा खटिएका पर्यवेक्षकलाई प्रमाणपत्र वितरण गरेका थिए। 

त्यसैगरी नेपाली सेनाका सहायक रथी जितबहादुर गुरुङले विपद् व्यवस्थापन विकास निर्माण र शान्ति सेनामा नेपाली सेनाले पुर्‍याएको योगदानसम्बन्धी वृत्तचित्र प्रदर्शनी गरेका थिए। समारोहमा अधिकारकर्मी कृष्ण पहाडीले जनताले अहिले पनि शान्तिको अनुभूति गर्न नपाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.