सवारी प्रदूषण जाँच्‍न गृहमन्त्री र वातावरण मन्त्रीको छड्के

सवारी प्रदूषण जाँच्‍न गृहमन्त्री र वातावरण मन्त्रीको छड्के

काठमाडौं : सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने भएको छ। त्यसको संकेत सरकारले आइतबार बिहानै काठमाडौंका सडकमा दिएको छ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत बिहान ७ बजे नै थापाथलीस्थित सडकमा प्रदूषण मापन गर्ने यन्त्र सहित छड्के जाँचमा निस्किएका थिए। 

उनीहरू गाउन र मास्क लगाएर सरकारी अधिकरीहरूसहित सवारी जाँचमा खटिएका थिए। 

हावामा हुने धूलोको मात्रामा सावरी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा छ। सावारी साधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धूलो उत्पादन गर्छन्। मानव स्वास्थ्यका दृष्टिले सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेको हो।

यातायात व्यवस्था विभागले सवारी प्रदूषण नियन्त्रणमा विशेष व्यवस्था गर्न लागेको सरकारी अधिकारीको भनाई छ।

अहिले धूलो मापन गर्ने तीनवटा मात्र यन्त्र प्रयोगमा छन्। धूलो मापन गर्ने विशेष प्रकारका ४० वटा 'स्मोक एनालाइजर' यन्त्र सरकारले खरिद गरेको छ।

हेर्नुस् थापाथलीको छड्के जाँच


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.