संसद् बैठक सुरु
काठमाडौँ : आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित आजको को बैठक सुरु भएको छ। बैठकमा समय माग गर्दै सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन्। उनले मूल्य वृद्धि फिर्ता लिन समेत आग्रह गरेका छन्।
त्यसैगरी सांसद प्रेम सुवालले सुन तस्करीका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय संसद्को दुवै सदनमा जेठ १५ गते प्रस्तुत आगामी आव २०७५/७६ को बजेटका विषयमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ।रासस