इरानका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'अलिरेजा जहाबक्स'

इरानका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'अलिरेजा जहाबक्स'

आक्रामक मिडफिल्डर अलिरेजा जहाबक्स इरानले पाएको उत्कृष्ट फुटबलरमध्येका एक हुन् । नेदरल्यान्ड्सको एजेड अल्कमारबाट व्यावसायिक फुटबल खेल्ने जहाबक्सले पछिल्लो समय क्लब फुटबल र राष्ट्रिय टोलीबाट पनि सशक्त प्रदर्शन गर्दै आएका छन् । अल्कमारका लागि यो सिजन २१ गोल गरेका जहाबक्स कुनै पनि ठूला युरोपेली लिग फुटबलमा एकै सिजन सर्वाधिक गोल गर्ने पहिलो एसियाली खेलाडी पनि हुन् ।

उनकै उपस्थितिले यस पटक इरान विश्वकपमा पनि बलियो देखिएको छ । सन् २०१३ यता इरानी राष्ट्रिय टोलीबाट नियमित रूपमा खेल्दै आएका जहाबक्सले राष्ट्रिय टोलीबाट ३७ खेल खेल्दै चार गोल गरेका छन् । जहाबक्सले यो सिजन अल्कमारका लागि गरेको प्रदर्शन राष्ट्रिय टोलीबाट पनि दोहोर्‍याउन सकेमा इरानले रुस विश्वकपमा समूहगत चरण पार गर्न सक्ने पर्याप्त सम्भावना छ ।

आक्रामक मिडफिल्डर तथा स्ट्राइकर दुवै भूमिकामा उस्तै लयमा खेल्न सक्ने २४ वर्षीय जहाबक्स टोलीका लागि आवश्यक परेको कुनै पनि समयमा गोल गर्न सक्षम खेलाडी हुन् । राष्ट्रिय टोलीबाट खेल्दा अन्य खेलाडीलाई अवसर सिर्जना गर्न पनि उनी उत्तिकै माहिर छन् । जहाबक्सको अर्को विशेषता भनेको उनी दुवै खुट्टाले उत्तिकै निपुणतापूर्वक खेल्न सक्छन् । यस्तो क्षमता प्राय: खेलाडीसँग हुँदैन ।

मैदानमा प्राविधिक रूपमा निकै सशक्त देखिने जहाबक्स रुस विश्वकप फुटबलमा हेर्न लायकका खेलाडीमध्येका एक हुन् । आगामी जुन १५ तारिखमा इरानले मोरक्कोविरुद्ध खेल्दै रुस विश्वकपमा आफ्नो यात्रा सुरु गर्दा टोलीलाई जिताउन जहाबक्सले गर्ने मेहनत र उनको खेल पक्कै पनि हेर्न लायकको हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.