विकास पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

विकास पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं : विकास क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न विकास पत्रकार मञ्च (फोडेज) नेपालले इन्टरनेशनल कल्चरल अफेयर्स (आईसिए) को सहकार्यमा एक दिने कार्यशाला सञ्चालन गरेको छ । राजधानीमा सोमबार भएको एक दिने कार्यशालामा समय व्यवस्थापनदेखि विषयवस्तुको प्रस्तुतिसम्मका विषय समेटिएका थिए ।

आईसिएका अध्यक्ष प्राध्यापक डा. तत्वप्रसाद तिमिल्सिनाले सञ्चारकर्मीलाई समय व्यवस्थापन चुनौति भएको भन्दै आफ्नो क्षेत्रमा अघि बढ्न, योजना पूरा गर्न र कामलाई निरन्तरता दिन समयको अहं भूमिका हुने बताए । एडवार्ड डेमिङले भनेजस्तै व्यक्तिगत रुपान्तरणविना केही कुरा सम्भव हुँदैन भन्दै उनले भने, ‘व्यक्ति होस् वा संस्था, सफल हुनका लागि भिजन र एक्सनसहितको स्ट्राटेजिक प्लान नबनाएसम्म कठिन छ ।’

प्रशिक्षक हरेराम भट्टराईले विकास पत्रकारिताका समाचार विगतको तुलनामा धेरै आउन थालेको तर अझै गहिराईमा नआएको बताए । उनले थपे, ‘समाचारमा तथ्य, अनुसन्धान र उदाहरणले पुष्टि दिन सके गरिमा बढ्नेछ, पाठकका लागि त्यो पत्रकार ब्राण्ड बन्न सक्छ ।’

महिलाको विकास र स्वस्थ्य प्रतिस्पर्धा नभएसम्म विकास सम्भव नहुने उनको भनाई छ । फोडेजका अध्यक्ष गोपीकृष्ण ढुंगानाले विकास पत्रकारिताको उद्देश्य प्राप्तिका लागि विगतको अनुभवसँग क्षमता अभिवृद्धिका लागि गरिएका सबै प्रयासलाई घुलमिल गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘विकासका कतिपय विषयमा सामूहिक प्रयास आवश्यक हुन्छ भने कतिपय विषयमा सहकार्य ।’ कार्यशालामा टेलिभिजन, अखबार, अनलाइन र एफएमका सञ्चारकर्मी सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.