'अब एक जना पनि भोकै मर्ने छैनन्'

'अब एक जना पनि भोकै मर्ने छैनन्'

मकवानपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका  अब एक जना पनि भोकै मर्ने स्थिति हुन नदिने बताएका छन् । प्रदेश ३ को प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैलाई खाने, बस्ने र लगाउने व्यवस्था गर्छौ, अब  एक जना पनि जनता भोकै मर्ने छैनन् ।’  

उनले पाँच वर्षभित्र लोकतन्त्रको नमुना राष्ट्र नेपाललाई बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओली लोकतन्त्र कसैले उपहार दिएर आएको नभई जनताको वलिदानबाट आएको बताए। उनले अब मुलुक विकास र समृद्धिलाई कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘विकास र समृद्धिले गति लिइसक्यो, अब यसलाई कसैले राक्न सक्दैन ।’

 उनले प्रदेश राजधानी र नामको विषयमा झगडा नगर्न समेत निर्देशन दिए । ‘प्रदेशको नाम र राजधानीको लागि झगडा नगर्नु होस, राजधानी हुँदैमा विकास र समृद्धि हुने होइन, सबै ठाउँको विकासलाई उतिकै प्राथमिकता दिइन्छ,’प्रधानमन्त्री ओलीले भने । उनले भष्ट्राचार गर्न पनि नदिने र गर्नेलाई आफुले नसहने बताए ।  उनले सम्पूर्ण प्रदेश सभाका सदस्य र मन्त्रीहरुलाई जनताको पक्षमा काम गर्न समेत निर्देशन दिए ।    

 प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा राष्ट्रहित विपरीत  कुनै सम्झौता गरेको बताए । ओलीले  सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा उठाएको  बताए ।  सरकारले राष्ट्रियतालाई असाधारण महत्व दिएको भन्दै आन्तरिक मामिलामा कसैले हस्तक्षेप सहन नसक्ने दावी समेत गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.