कम्प्युटर एसोसियसन नेपालको ४९ विद्यार्थीलाई छात्रवृत्ति

कम्प्युटर एसोसियसन नेपालको ४९ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको कम्प्युटर एसोसियसन नेपालले प्राविधि शिक्षातर्फ चालू शैक्षिक सत्रदेखि छात्रवृत्तिको व्यवस्था गरेको छ। राष्ट्रभित्र सूचना प्रविधिसम्बन्धी कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो। 

काठमाडौंको मैतीदेवीमा रहेको सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा चालू वर्षदेखि ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो।

'नेसनल आईसीटी स्कलरसिप '२०७५' नामक उक्त छात्रवृत्ति सातवटै प्रदेशका विद्यार्थीले प्रदान गरिने बताइएको छ। प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंसिक छात्रवृत्ति प्रदान गरिने छ।


ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुर्‍याउनमा यस कार्यले टेवा पुग्ने विश्वास कम्प्युटर एशोसियसनले लिइएको छ। छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी एक कार्यक्रममा बीच क्यान महासंघका अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसन अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन्।

फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चारजनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ।

सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन्।छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तहअन्तर्गत बीएससी आईटीको अध्ययन गर्न पाउने छन्।

मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि अवेदन दिन सक्नेछन्। 

छात्रवृत्तिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पनि आवेदन दिन सक्नेछन्। छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np  र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org बाट २०१८ जुलाई २५ तारिकभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा एउटा फोटो, नागरिकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.