शिक्षकलाई छात्रा बलात्कारको आरोप

शिक्षकलाई छात्रा बलात्कारको आरोप

स्याङ्जा : चापाकोट नगरपालिका– ७ मा रहेको गंगालाल माध्यमिक विद्यालयका शिक्षक रामभक्त आचार्यलाई बालिका बलात्कारको आरोपमा उजुरी परेको छ । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको दाबी गर्दे उनका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि रहस्य बाहिर आएको हो ।

आरोपित शिक्षक रामभक्त आचार्य अहिले सम्पर्क बाहिर रहेका छन् ।  शिक्षक आचार्यले दुई पटक बलात्कार गरेको आरोप छ । दुई महिनाअघि चैत्त २ गते र  वैशाख ३० गते बलात्कार गरेको उल्लेख छ ।

 चैत २ गते परीक्षाको समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगेर ललाईफकाई जबरजस्ती करणी गरेको पीडित पक्षको भनाइ छ । वैशाख ३० गते पुनः बलात्कार गरेपछि घटना बाहिर आएको हो ।

 पीडित परिवार न्यायका लागि प्रहरी चौकी चापाकोट हुदै मुद्धा दर्ताका लागि वडा प्रहरी कार्यालय वालिङ् आएका छन् । आरोपित शिक्षक आचार्यको खोजी कार्य भैरहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । जिल्ला अदालत स्याङ्जामा रामभक्त आचार्य बिरुद्ध जबरजस्तीकरणीको आरोपमा सोमबार मुद्दा दर्ता भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.