'लियोनेल मेसी हाम्रा पूर्वजहरूको चिहानमाथि फुटबल खेल्दैछन्'

'लियोनेल मेसी हाम्रा पूर्वजहरूको चिहानमाथि फुटबल खेल्दैछन्'

एजेन्सी: यही जुन ९ मा अर्जेन्टिना फुटबल टिमले इजरायलसँग एक मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो मैत्रीपूर्ण खेल रूसमा हुने विश्वकपको तयारीस्वरूप हुन लागेको हो । 

अर्जेन्टिनाका फुटबल प्रेमीहरू यसलार्इ 'लक्की' गेमकारूपमा ब्याख्या गरिरहेका छन् ।  अर्जेन्टिनाले सन् १९८६ मा इजरायलविरूद्ध मैत्रीपूर्ण म्याच खेलेपछि विश्वकप उपाधि जितेकाले अर्जेन्टिनाका फुटबल प्रेमीले यसलार्इ 'लक्की म्याच' को संज्ञा दिएका हुन् । 

रूसको आयोजनामा विश्वकप यही जुन १४ देखि सुरू हुँदैछ । विश्वकपका लागि रूसको यात्रा गर्नु पहिले अर्जेन्टिनाले इजरायलविरूद्ध अन्तिम मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । 

दक्षिण अमेरिकी देशका फुटबल प्रेमीका लागि यो म्याचले आत्मविश्वास बढाउनेछ भने अर्कातिर प्यालेस्टाइनका जनतामा भने एक पटक पुरानो घाउ बल्झाइदिनेछ । 

प्यालेस्टाइनका ७० बालबालिकाको एक समूहले अर्जेन्टिनाका विश्व चर्चित खेलाडी लियोनेल मेसीलार्इ एक पत्र लेखेर यस म्याचमा सहभागी नहुन अपिल नै गरेका छन् । 

यो खेल जुन ९ तारिखमा दक्षिणी जेरूसेलमको टेडी कोलेक स्टेडियममा हुँदै५ । जुन स्टेडियमा मलहामा अवस्थित छ।

किन रिसाए प्यालेस्टाइनबासी

७० वर्षअघि भएको अरब-इजरायल भीषण युद्धका क्रममा मलहालार्इ तहसनहस बनाइएको थियो । यहाँ बसिरहेका प्यालेस्टाइनीलार्इ इजरायली सेनाले सन् १९४८ मा यहाँबाट लखेटेर बाहिर खेदेको थियो । 

यहाँबाट विस्थापित भएका परिवारका बालबालिकाहरूले आइतबार इजरालको अर्जेन्टिना दूतावासमा पठाएका छन् । 

त्यस पत्रमा प्यालेस्टाइनका बालबालिकाहरूले मलहबाट लखेटिएकाहरूका छोरा छोरी र नातिनातिना आफूहरू भएको बताएका छन् । उनीहरूले आफ्ना पुर्खा लखेटेर इजरायलले स्टेडियम बनाएकाले त्यहाँ नखेल्न मेसीलार्इ अपिल गरेका हुन् । 

बालबालिकाले पत्रमा लेखेका छन्, 'हामीले थाहा पाए अनुसार तपार्इँ र तपार्इँका साथीहरू मलहा आएको खबर सुनेपछि यो चिठी लेखेका हौँ, जुन स्टेडियममा तपाइँ खेल्न लाग्नुभएको छ, त्यो स्टेडियमा हाम्रा पुर्खालार्इ लखेटेर बनाइएको हो ।'

यी बालबालिकाले मेसी त्यहाँ आएको खबर सुनेर खुसी भए पनि आफ्नो घरबास भत्काएर लखेटपछि बनाइएको स्टेडियममा खेल्ने सुन्दा अति नै दु:ख लागेको गुनासो पत्रमार्फत गरेका छन् । 

'मेसीले हाम्रो दिल तोड्दैनन्'

बालबालिकाले पत्रमा लेखेका छन्, 'तर मेरो खुसी आँसुमा बद्लियो र मेरो मन टुट्यो । हाम्रा हिरो हाम्रा पुर्खाको चिहान माथि बनाइएको स्टेडियममा फुटबल खेल्दैछन् भन्दा हाम्रो मन रोएको छ ।'

प्यालेस्टाइनका नागरिकका लागि अर्जेन्टिना र इजरायल मैत्रीपूर्ण म्याच मलाहमा हुनु भनेको दु:खको दिन हुनेछ । पत्रको अन्त्यमा बच्चाहरूले लेखेका छन्, 'हाम्रा साथीको तर्फबाट हामी भगवानसँग प्राथना गर्छौँ, मेसीले पक्कै पनि हाम्रो मन दुखाउने छैनन् ।'

मेसीको विरोध

दुवै देशका टिमबीचको खेल इजरायल र प्यालेस्टाइनबीच एक महिनायता जारी तनावबीच हुन लाग्दैछ । इजरायली सेनाले गोली चलाउँदा एक महिनायता झन्डै ५० जना प्यालेस्टाइनबासीले ज्यान गुमाइसकेका छन् । 

गत सोमवार प्यालेस्टाइन फुटबल महासंघका अध्यक्ष जिबरिल रजौबले पनि पत्र लेखेर मलहामा हुने खेलको विरोध गरेका थिए । यो पत्र उनले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र विश्व फुटबल महासंघ (फिफा) लार्इ पनि बुझाएका थिए । 

उनले भनेका थिए, 'यस खेललार्इ राजनीतिक हतियार जस्तै उपयोग गरिँदैछ । इजरायलको सरकार जेरूसेलममा यो खेल खेल आयोजना गरेर विश्वलार्इ राजनीतिक सन्देश दिन खोजिरहेको छ ।'

उनले अरब र मुस्लिम देशका करोडौँ प्रशंसकलार्इ मेसीको नाम रहेको टीसर्ट जलाउन पनि अपिल गरेका छन् । एएफपी समाचार एजेन्सीका अनुसार इजरायलको खेल मन्त्रालयलले यी विरोधबारे केही टिप्पणी गरेको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.