मेसीको ह्याट्रिकले अर्जेन्टिना सहजै विश्वकपमा (फोटो फिचर )

मेसीको ह्याट्रिकले अर्जेन्टिना सहजै विश्वकपमा (फोटो फिचर )

काठमाडौं : यस अघिको खेलमा पेरुसँग बराबरी खेलेपछि अर्जेन्टिनाको विश्वपकमा छनोट हुने सम्भावना निक्कै कमजोर बनेको भनी समाचार आइरहँदा २०१८ को रुस विश्वकप स्टार खेलाडी मेसी विनाको हुने होकी भन्ने कुराले निकै चर्चा पायो । अन्तिम खेलमा मेसीले इक्वेडरविरुद्ध चमत्कारिक प्रदर्शन गरेपछि अर्जेन्टिना सहजै विश्वकपमा छानिन सफल भयो । एक खेलअघिसम्म छटौं स्थानमा रहेको अर्जेन्टिना तेस्रो स्थानमा रहँदै सहजै रुस विश्वकपमा स्थान बनाउन सफल भयो। 

 

बुधबार बिहान भएको अन्तिम खेलमा इक्वेडरलाई ३-१ गोल अन्तरले पराजित गरी अर्जेन्टिना सजिलै विश्वकपमा छनौट हुन सफल भएको छ । छनौटका लागि जित्नै पर्ने दबाबमा खेलेको अर्जेन्टिनालाई इक्वेडरले सुरुमै चुनौती दियो खेलको पहिलो मिनेटमै रोमारियो इबाराको गोल मार्फत् इक्वेडर खेलमा अग्रता बनाउँन सफल भयो ।

११ औ मिनेटमा गोल गर्दै मेसीले खेल बराबरीमा पुर्‍याए । मेसीले १८ औं मेनिटमा गोल गर्दै खेलमा अग्रता बनाए । पहिलो हाफमा २-१ को अग्रता बनाएको अर्जेन्टिनाका लागि तेस्रो गोल ६२ औ मिनेटमा मेसीले नै गरेर ह्याट्रिक गरे ।

बुधबार बिहानै भएका दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तर्गत अन्य खेलका नतिजा पनि अर्जेन्टिनाको अनुकूल आएपछि विश्वकप यात्रा सहज बन्यो । अन्य खेलमा ब्राजिलले चिलीलाई ३-० ले पराजित गर्‍यो ।

उरुग्वेले बोलिभियालाई ४-२ र भेनेजुयलाले पराग्वेलाई १-० ले पराजित गरे भने कोलम्बिया र पेरूले १-१ को बराबरी खेले । खेलपछि दक्षिण अमेरिकी समूहबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया सिधै विश्वकपमा छानिएका छन् । पेरुले टनोटका लागि प्लेअफ खेल्ने भएको छ ।

यसअघिका विश्वपममा उत्कृष्ट प्रदर्शन गरेको,  कोपा अमेरिका च्याम्पियन चिली भने विश्वपकबाट बाहिरिएको छ ।

विश्वकप छनोट खेलको दक्षिण अमेरिकी समूहको अंक तालिका 

table_1

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.