स्काभेटरसहित पहिरोमा फसेका चालकको १२ घण्टापछि उद्धार
इलाम : देउमाइ नगरपालिका–१ मैदानेमा स्काभेटरसहित पहिरोमा फसेका स्काभेटर चालकको १२ घण्टापछि उद्धार गरिएको छ । बा २ क ८६७७ नम्बरको स्काभेटरले ढुंगा निकाल्ने क्रममा माथिबाट झेरेको पहिरोमा फसेका पाँचथर फालेलुङ ५ का ३५ वर्षीय चालक राजु राईलाई शुरक्षाकर्मीको प्रयासमा उद्धार गरिएको हो ।
उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सोमबार दिउँसो २ बजे सडकका लागि ढुंगा फुटाउने क्रममा माथिबाट खसेको ढुंगाले स्काभेटरको अगाडीको भाग थिचेपछि चालक भित्रै थुनिएका थिए ।
चालक क्यावीनमै किचिएपछि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र पहरीको टोलीले मंगलबार बिहान तीन बजे उद्धार गरेको इलामका एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । घटनापछि एसपी श्रेष्ठ सहितको टोली घटना स्थलमा पुगेको थियो ।