वतावरणीय प्रभाव मूल्यांकनबिना गरिने विकास दिगो हुँदैन : प्रम ओली

वतावरणीय प्रभाव मूल्यांकनबिना गरिने विकास दिगो हुँदैन : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांकनबिना गरिने विकास प्रयास दीगो नहुने बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगव्याधी मात्र निम्त्याउने नभइ बाढी, पैह्रो, सुख्खा मौसमले ठूलो धनजनको क्षति समेत बढाउने बताए।' विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरणमैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नुपर्दछ, ' प्रधानमन्त्री ओलीले भने 'वातावरणको विनास नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नुपर्दछ।'

सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान दिन प्रधानमन्त्री ओलीले आह्वान समेत गरेका छन्। वातावरण संरक्षण दीगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा प्रधानमन्त्रीले सबैलाई स्मरण गराएका छन्।

प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्नेतर्फ सबैलाई सतर्तक गराएका छन्। 'वातावरणको संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तत्अनुकुलका काम गर्न जरुरी छ, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.