लेनदेन विगो मुद्दा फरार पक्राउ

लेनदेन विगो मुद्दा फरार पक्राउ

विराटनगर : लेनदेन विगो मुद्धामा अदालतले दोषी ठहर गरे पनि फरार रहेका एकजनालाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर १८ का ५३ वर्षीय मनोवत मुसहरलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार घर आसपासमा लुकिछिपी बसेको अवस्थामा मुसहरलाई पक्राउ गरेर अदालतमा बुझाइएको हो।उनलाई जिल्ला अदालत मोरङले यही जेठ २ गते दोषी ठहर गर्दै छ महिना कैदको फैसला सुनाएको थियो। 

फैसलापछि मुसहर फरार थिए।उनी विरुद्ध रमेश साह तेलीले लेनदेन विगो मुद्धा हालेका थिए। प्रहरीले पक्राउ गरेर बुझाएपछि मुसहरलाई कैद सजाय भुक्तानका लागि अदालतले जिल्ला कारागार मोरङमा पठाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.