गृहमन्त्री बादलले चिनियाँ राजदूतसँग मागे सुन तस्करी रोक्न सहयोग

गृहमन्त्री बादलले चिनियाँ राजदूतसँग मागे सुन तस्करी रोक्न सहयोग

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालका लागि चिनियाँ राजदूत  यू होङसँग सुन तस्करी नियन्त्रणका लागि सहयोग मागेका छन्। मंगलबार गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा बादलले चिनियाँ नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका हुन्। 

जवाफमा चिनियाँ राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीको विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा  आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिएकी छिन्। पछिल्ला दिनमा नेपाल र चीनका नाकाबाट सुन तस्करी बढ्दो छ। 

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको छ। गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदूतसँग आग्रह गरे।

उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे। भेटमा राजदुत होङले गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेकोमा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गरिन्। 

राजदूत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गरेकी छिन्। उनले यो भूमिकालाई अझ थप प्रभावकारी बनाउन आग्रह समेत गरेकी छन्।  उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान हुने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरिन्। 

गृहमन्त्रीको रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउनेलगायत महत्वपूर्ण काम गरेको आफूले नियालिरहेको राजदूत याङको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.