ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
तानसेन : माथागढी गाउँपालिका २ रुप्सेमा मंगलबार दिउँसो लु ३ प १९५३ ट्याक्टर दुर्घटना हुँदा १ चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। माथागढी २ का ट्याक्टर चालक जीवनकुमालको मृत्यु भएको हो भने सोही स्थानका सहचालक राहुल कुमाल घाइते भएका हुन्।
घाइते राहुलको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।