सानफ्रान्सिस्कोमा नेपालीको बौद्धिक सम्मेलन

सानफ्रान्सिस्कोमा नेपालीको बौद्धिक सम्मेलन

न्यूयोर्क/अमेरिकाः अमेरिकाको सानफ्रान्सिस्को सहरमा हुन लागेको नेपालीहरूको बौद्धिक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।  

सम्मेलनमा सहभागी हुन नेपालबाट मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा व्यवसायीहरू आउने तय भएको छ । अमेरिकाज राजन(अमेरिका क्षेत्र) र गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए)को संयुक्त आयोजनामा पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले सांसद कृष्णभक्त पोख्रेल, कांग्रेसका विदेश विभाग प्रमुख तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनी र व्यवसायी विनोद चौधरी लगायत ५ जना आउने पक्कापक्की भएको छ । 

पर्यटन मन्त्री अधिकारी नेपाल सरकारको प्रतिनिधिको रूपमा सहभागी हुनेछन् भने एमाले सांसद पोख्रेलले दोहोरो नागरिकता सम्बन्धी धारणा प्रस्ट्याउँदै कार्यपत्र प्रस्तुत गर्नेछन् । विदेशमा बस्ने नेपालीका लागि दोहोरो नागरिकता सम्बन्धी धारणा के हो ? र यसलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल गरिनेछ । 

पोख्रेल नागरिकता कार्यदलका सदस्य पनि हुन् । पूर्वमन्त्री लोहनीले नेपालको आर्थिक विकास र सम्मुन्नतिका लागि भएका प्रयास र चुनौतीहरूको बारेमा ‘कि नोट स्पिकर’को रूपमा बोल्ने कार्यक्रम तय गरिएको छ ।   

अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक यस्तो सम्मेलन गर्न लागिएको हो । अमेरिका क्षेत्र अन्तरगत एनआरएन चिली, एनआरएन ब्राजिल, एनआरएन क्यानडा र एनआरएन अमेरिका पर्दछन् । 

विदेशमा बस्ने नेपालीले हालसम्म नेपालका विभिन्न क्षेत्रमा पुँजी मात्रै लगानी गरिरहेका छन् । नेपालको विकासलाई चुस्त बनाउनका लागि आर्थिक लगानी सँगै अमेरिका लगायत विभिन्न मुलुकमा बस्ने नेपालीहरूले आफ्नो बौद्धिक क्षमताको प्रयोग-सदुपयोग गर्न सकुन् भन्ने उदेश्यले बौद्धिक भेला गर्न लागिएको सम्मेलनका संयोजक (कन्भेनर) डिल्ली भट्टराईले जानकारी दिए । 

‘सम्मेलनले व्यक्ति भित्रको क्षमता (ह्युमेन ट्यालेन्ट) र बौद्धिक सम्पत्ति लाई नेपालको विकासमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने निचोड निकाल्ने छ’ उनले भने, ‘यो सम्मेलनले तयार पारेको निचोड नै आगामी अक्टोबरमा नेपालमा हुने एनआरएनको विश्वस्तरीय सम्मेलन (ग्लोबल कन्फ्रेन्स)मा प्रस्तुत गरिनेछ ।’ 

उनका अनुसार विदेशमा बस्ने नेपाली पैसाले मात्र होइन बौद्धिक सम्पत्तिले पनि भरिएका हुन्छन् । एनआरएनको १५ वर्षको यात्रामा धेरै सम्मेलनहरू भए तर, बौद्धिक पाटो सधैँ ओझेलमा पर्यो । हालको कार्यकालको पहिलो बैठकले नै व्यक्तिको बौद्धिक क्षमता र सम्पत्तिको मूल्याङ्कन गर्ने र त्यसलाई नेपालको विकासमा सदुपयोग गर्ने निर्णय गरेको थियो । 
त्यसै अनुसार सम्मेलनको तय भएको हो । यस्तै किसिमको कार्यक्रम युरोपको लग्जेम्वर्ग र युकेमा पनि हुँदैछ । बौद्धिक क्षमता र पुँजी दुवैलाई समायोजन गरेर लगानी गर्न सके मात्रै नेपालको विकासले गति लिनेछ । 

सम्मेलनमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आइसिसि)बाट पूर्व अध्यक्षहरू उपेन्द्र महतो, जीबा लामिछाने, शेष घले, आर्इसीसीका हालका अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरू कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, महिला उपाध्यक्ष सफिला राजभण्डारी, आईसीसी सल्लाहकार हेमराज शर्मा लगायतको सहभागिता निश्चित भएको छ । 

साथै क्यालिफोर्नियाका कंगेसमेन रो खन्ना, अबैतनिक राजदतुहरु, नेपाल सरकारका राजदूत तथा बाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तिहरू सहभागी हुनेछन् । 

सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, राजनीतिज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका चुनौती र सफलताको बारेमा छलफल गर्नेछन् । पूर्वाधार बिस्तार, वातावरण स्वास्थ्यसेवा, अर्थनीति लगायत विभिन्न विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा थुप्रै विषयका कार्यपत्रमाथि छलफल गरिनेछ । विज्ञहरूको बृहत् छलफल पछि सानफ्रान्सिस्को घोषणा पत्र जारी गरिनेछ । घोषणा पत्र जारी गर्नका लागि समिति नै गठन गरिएको छ । समितिले कार्यपत्रको छनौट र तयारी गर्नेछ । 

विशेषगरी ५ वटा क्षेत्र छुट्याएर कार्यपत्र प्रस्तुत गरिने कन्भेनर भट्टराईले जानकारी दिए । एनर्जी एण्ड इम्फ्रास्टक्चर, हेल्थ एण्ड मेडिसिन, साइन्स एण्ड टेक्नोलोजी, युथ इम्प्लोइमेन्ट उमेन इम्पावरमेन्ट एण्ड इन्टरपेनरसिप, पोलिसि फर गुड गभरनेन्स, इन्क्लुसिभ ग्रोथ, फिस्कल रिफर्म एण्ड इकोनोमिक ट्रान्सफर्मेसन एण्ड डिभलपमेन्ट लगायत विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै बृहत् छलफल गर्नेछन् । त्यसपछि तयार भएको सान्फ्रान्सिस्को घोषणा पत्रका बुँदाहरुलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गरिने भन्नेबारे गृहकार्य गरिनेछ । 

आगामी जुन १६ मा हुने भेलामा ३ देखि ५ सय सम्मको सहभागिता हुने अनुमान छ । सहभागीहरूले रजिस्टेसनका लागि सय अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ भने बस्नका लागि होटेल आफैँले बुक गर्नुपर्नेछ । आयोजक पक्षले होटेलसँग समन्वय गरेर सहभागीहरूलाई सहुलियत दरमा कोठा उपलब्ध गराउने संयोजक भट्टराईले जानकारी दिए । उनले  अमेरिकामा रहेका सम्पूर्ण सरोकारवालाहरुलाई सम्मेलनमा सहभागी हुन आह्वान समेत गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.