३० लाख बाथरोगीलार्इ आठ जना डाक्टर

३० लाख बाथरोगीलार्इ आठ जना डाक्टर

काठमाडौं : गठिया बाथले थलिएपछि पटकपटक जँचाउनुपर्दा प्युठान बिजुवारकी सुशीला उपाध्याय काठमाडौं नै धाउँछिन् । राजधानीबाहिर बाथरोगका विशेषज्ञ नहुँदा उनी काठमाडौं धाउन बाध्य भएकी हुन् । उनी भन्छिन्, ‘एक त डाक्टर नै थोरै छन् । त्यसमाथि सबै काठमाडौंमै हुँदा उपचार गर्न आइरहनुपर्छ ।’

त्यसैले उपत्यकाबाहिरका बाथरोगका बिरामीलाई जँचाउनै सास्ती भइरहेको छ । चिकित्साशास्त्रको एमबीबीस र एमडीको पाठ्यक्रममा समावेश नगरिएका कारण बाथरोगबारे विज्ञ चिकित्सकको अभाव रहेको चिकित्सक बताउँछन् । आयस्रोत आकर्षक नहुने हुँदा बाथरोगमा विज्ञता हासिल गर्न चिकित्सक चाहँदैनन् ।

‘रोगको पहिचान गर्नै जटिल हुन्छ । दीर्घरोग भएका कारण रोग पहिचान भएपछि निर्मूल गर्न पनि गाह्रो छ’, बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले भने, ‘नेपालमा बाथरोगका विज्ञचिकित्सक सात जना मात्र छन् । तिनी पनि काठमाडौंमै सीमित छन् ।’ नेपालमा मात्र नभई अन्य मुलुकमा पनि बाथरोगका विज्ञको संख्या तुलनात्मक रूपमा न्युन रहेको उनको भनाइ छ । अमेरिकामा विद्यार्थीलाई बाथरोगबारे अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गर्न थालिएको छ ।

नेपालमा करिब ३० लाख व्यक्तिमा बाथरोगका लक्षण भएको अनुमान गरिएको छ । यसअनुसार एक जना बाथरोग विशेषज्ञले चार लाखभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था छ ।

बाथका बिरामी बढ्दै गएका बेला चिकित्सकहरू अपर्याप्त हुँदा सेवा पाउनबाट वञ्चित हुनुपर्छ । चिकित्सक र बिरामीको दूरी न्युन गर्न स्वास्थ्यमूलक जानकारी प्रवाह गर्नुपर्ने खाँचो रहेको डा. वैद्य बताउँछन् । त्यही भएर एमबीबीएस र एमडी अध्ययन गरिसकेका नेपाली चिकित्सकलाई पनि बाथरोगबारे तालिम दिने गरिएको उनको भनाइ छ ।

रोग प्रतिरोधात्मक क्षमतामा गडबडी भई आफ्नै शरीररलाई असर पर्न थाल्यो भने बाथरोगका लक्षण देखा पर्न थाल्छन् । ‘बाहिरी कीटाणुसँग लडेर शरीररको रक्षा गर्नुको साटो शरीरलाई असर गर्न थाल्यो भने बाथरोग लाग्छ’, उनले थपे, ‘ शरीररका जोर्नी दुख्ने, सुन्निनेलगायत लक्षण देखा पर्छन् ।’ समयमै उपचार नगर्दा विस्तारै शरीरका अन्य अंग फोक्सो, आँखा र मिर्गौलामा पनि क्षति पु¥याउने चिकित्सकको भनाइ छ । ९० प्रतिशत जाँचबाट थाहा हुन्छ भने १० प्रतिशत रगतको जाँच गरेर पत्ता लाग्छ ।

उपचार गर्न आएका बिरामीमध्ये अधिकांश गठिया बाथका बिरामी रहेको नेसनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए । ओपीडीमा उपचार गराउन आएका बिरामीमध्ये ३८ प्रतिशतमा गठिया बाथरोग फेला परेका थियो । ३० वर्ष उमेर नाघेका महिलामा गठिया बाथ बढी भएको पाइएको छ ।

सरकारी अस्पतालमा बाथरोग विशेषज्ञको दरबन्दी नै सिर्जना नभएकोमा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्राडा. ढुण्डिराज पौडेलको गुनासो छ । वीर अस्पतालका नाक, कान ,घाँटी रोग विभाग प्रमुख समेत रहेका पौडेलले भने, ‘बाथरोगमा विशेषज्ञता हासिल गर्नुप¥यो भने बाहिरी मुलुक जानुपर्ने बाध्यता छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.