लागूऔषधसहित पक्राउ

लागूऔषधसहित पक्राउ

गाईघाट : उदयपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।इलाका प्रहरी कार्यालय लालपत्ताले नियमित चेक जाँच गर्ने क्रममा ५ सय ८८ एम्पुल लागूऔषधसहित एकजनालाई मंगलबार राति पक्राउ गरेको हो। 

जिल्ला प्रहरीको कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बरामद लागूऔषध र नगरपालिका १६ बस्ने मिलन राईलाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले पक्राउ पर्ने मिलन राईको डाईजोल्याप १ सय ९६ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल, लुपिकजेसिक १ सय ९६ एम्पुल र सिरिन्च २३ बरामद भएको जानकारी दिए। 

पैदग मार्गमा हिँडदै गरेको अवस्थामा चेक जाँचगर्दा झोला प्याकी मिलनसँगै रहेका निर्जन खड्का र त्रिनपा १२ का १४ वर्षीय पुष्प पारस राई फरार भएका थिए। दुई मध्ये पुष्पलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको र निर्जनको खोजी कार्य जारी रहेको एसपी भट्टले जानकारी दिए। 

राईको साथबाट फेरागन ५, जुपिजेसिक ५, हाईजेलाव ५, सिरिन्ज एक थान वरामद भएको भट्टले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष ०७४/०७५ को गएको साउन १ गतेदेखि हालम्मस लागुऔषध सहित १ सय ५३ जनालाई पक्राउ गरिसकेको छ। जसमा ८८ वटा मुद्धा अदालतमा दर्ता गरेको छ। १ सय १८ जनलाई धरौटीमा छाडेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो।

उनका अनुसार २ जना फरार छन भने १९ जना पुर्पक्षको लागि थुनामा राखिएको छ। प्रहरीको तथ्यनङकअनुसार हालसम्म बरामद भएको लागुऔषध फेरागन ५ सय ९५, लुपिजेसिक २ सय ९०, डाइजेलाव ५ सय ९४, नुरफिन २ सय ९९, नाइटोशन ५ सय ३६, गाँजा ५ केही २ सय ७० ग्राम, स्पास्मोपोक्सिनवान १ सय २८ र एक कठ्ठा जगगामा लगाइएको आफिम खेती नष्ट गरिएको जानकारी दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.