स्वयम्भू क्षेत्रमा सरसफाइ
काठमाडौं : स्वयम्भू क्षेत्रमा सरसफाइ गरिएको छ। बौद्धमार्गी युवायुवतीले मंगलबार स्यम्भू क्षेत्रमा सरसफाइ गरेका हुन्। मंगलबार मात्र यस क्षेत्रबाट पाँच सय किलोग्राम फोहोर फालिएको छ। प्लाष्टिक, कागज, फलाम अन्य वस्तु संकलन गरेको ‘लिभ टु लभ’ संस्थाकी निमा शेर्पाले बताइन्।
तिलिचो खङसार समाज, मनाङ समाज, न्येयाङ मनाङ महिला समाज, मन्जुश्री टोल समिति, श्रीजनसिल तातोपानी आमा समूह, स्वयम्भू किमाडोल समाज र योङ डुक्पा एसोसिएसन नेपालका प्रतिनिधिको सहभागितामा सरसफाइ भएको हो।
मंगलबारदेखि नै सरकारले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकको ग्यारेण्टी गर्न एक बर्षे सरसफाइ महाअभियान सुरु गरेको छ। यसलाई सफल बनाउन स्थानीय संघसंस्था स्वयम्भूको सफाइमा जुटेका हुन्।