फाइल बोकेर कोठा-कोठा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : अध्यक्ष तिमल्सिना

फाइल बोकेर कोठा-कोठा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : अध्यक्ष तिमल्सिना

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना जनताका कामका लागि सांसद फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्धतिको अन्त्य हुनुपर्ने बताएका छन्। 

 
संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार संसद भवन बानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उद्घाटनमा बोल्दै उनले सांसदलाई कानुन निमार्णमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजिकरण गर्नुपर्ने बताए।

‘सदनको बैठकमा कुर्र्सी खाली रहने अवस्थाले जनताप्रति सांसद उत्तरदायी बन्न आवश्यक छ, भन्ने देखाएको छ,’ उनले भने, ‘जनप्रतिनिधिले बैठक छाडी जनताका कामका लागि फाइल बोकेर मन्त्रालयका कोठा र भर्‍याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्।’ उनले जनताको काम बोकेर आउने सांसदको काम एकै ठाउँबाट हुन सकेमा सुशासनको नमुना त्यही हुने बताए।

अध्यक्ष तिमल्सिनाले संविधानअनुसार धेरै कानुन बन्न बाँकी रहेको बताउँदै कानुनको मस्यौदा समयमा तयार नपारेर संसद र सांसदले अपजस खानुपर्ने अवस्था आउन नदिन सरकारसँग आग्रह गरे।

त्यसैगरी सदन नचलेको समयमा चाहिएका पुस्तक पढ्न पाउने सुविधा भएकाले सिंहदरबारस्थित संसद् सचिवालयको पुस्तकालको सदुपयोग गर्न अध्यक्ष तिमल्सिनाले सांसदलाई सुझाव दिए। संघीय संसद भवन नयाँ बानेश्वरमा चल्ने दुई दिने अभिमुखीकरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सहभागिता रहेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.