ढुङ्गाले लागेर भरियाको मृत्यु
डोल्पा : एक भरियाको ढुङ्गाले लागेर मृत्यु भएको छ । रुकुमको बाफिकोट गाउँपालिका–४ घर भएका ३३ वर्षीय मानसिं खत्रीको मृत्यु भएको हो।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ अन्तरगत पर्ने चिप्लेभीरमा जस्तापाता बोकेर हिँडिरहेको अवस्थामा ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाकारी दिएको छ ।
खत्री लामो समयदेखि डोल्पामा मजदुरी गर्दै आएका थिए । उनी त्रिपुरासुन्दरी नगरपालिका–१ का रामप्रसाद देवकोटाको भवन निमार्णको जस्तापाता बोकेर खदाङ्गबाट त्रिपुराकोटतर्फ आउँदै गर्दा चिप्लेभीरमा ढुङ्गाले लागेको हो ।
घाइते खत्रीको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि त्रिवेणी लाने क्रममा बाटोमै मृत्यु भएको हो । पोष्टमार्टमका लागि उनलाई रुकुम वा डोल्पा लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।