सशस्त्र प्रहरीको गाडीमा सखुवाको काठ ‘तस्करी’

सशस्त्र प्रहरीको गाडीमा सखुवाको काठ ‘तस्करी’

धनकुटा: संखुवासभास्थित शसस्त्र प्रहरी बल अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा सखुवाको अवैध काठ लैजाँदै गर्दा धनकुटाको मुलघाटस्थित सशस्त्र प्रहरी चेक पोष्टले नियन्त्रणमा लिएको छ । 

सोमबार राति ट्रक जाच्ने क्रममा सशस्त्र प्रहरी बल मुलघाट चौकीले गैह्रकानुनीरुपमा लाँदै गरेको सखुवाको करिब एक सय क्यूफिटसहितको सशस्त्र प्रहरीकै ट्रक नियन्त्रणमा लिएको थियो । 

चेकजाँचका क्रममा गाडीभित्र सखुवाको काठ भेटिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी मुलघाटका इञ्चार्ज प्रहरी निरीक्षक दुर्गा भट्टले बताए । बरामद गरिएको काठको मूल्य करिब सात लाख रुपैयाँ रहेको छ । 

सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरका लागि भौतिक संरचना निर्माणका लागि लिएको ५० किबी काठ आहाले सिस्ने सल्लेरी सामुदायिक वनबाट लिएको सामुदायिक वनकी सचिव सीता गौतम शर्माले जानकारी दिइन् । 

२०७४ फागुनमा गुल्मका डिएसपी रामप्रसाद भण्डारीलाई सखुवाको एउटा रुख काट्ने अनुमति उपभोक्ता समितिले दिएको छ । दुईवटा रुख काटिएपछि विवाद भएको थियो । डिएसपी भण्डारीले माफी मागेपछि गुल्मलाई दुईवटै रुखको काठ काट्न अनुमति दिएका थिए । गुल्मले काठ चिरानी नगरी टुना नै लैजान खोजे पनि उपभोक्ताले रोकेपछि काठ चिरानी गरेर लगेको थियो । 

गुल्मबाट सोमबार बेलुका सामुदायिक वनबाट कटान गरी लगेको काठको जानकारी पत्र लिन गएको थिए । डिएसपी भण्डारीले जानकारी पत्रको ओसी नराखी पत्र बनाई आग्रह गरेका थिए । तर सामुदायिक वनकी सचिव सीता गौतम शार्मले ओसी नराखी पत्र बनाउन नमिल्ने भन्दै ओसीसहितको जानकारी पत्र बनाएको पठाएको बताइन् । 

छानविन गर्न समिति गठन 

गैह्रकानुनी सखुवाको काठसहित सशस्त्र प्रहरीको गाडी नियनत्रणमा लिइएको घटनाप्रति छनाबिन गर्न सशस्त्र प्रहरी बल पूर्वबाहिनी पकलीका प्रहरी उपरीक्षक (एसपी) गुणखर खनालको संयोजकत्वमा समिति बनाइएको छ । त्यस समितिले वुधवारबाटै काम सुरु गरेको छ । समितिका संयोजक खनाल सहितको टोली संखुवासभाको अरुण गुल्मतर्फ पुगिसकेको छ । २/३ दिनभित्र अध्ययन अनुसन्धान गरेर क्षेत्रीय प्रमुखलाई छानबिन प्रतिवेदन बुझाउने एसपी खनालले बताए ।  

काठ गैह्रकानुनी भट्टले नियन्त्रण लिएको बाहिनीमा जानकारी दिएपछि पकलीस्थित सशस्त्रको बाहिनीबाट डिएसपी डम्बर विष्टको नेतृत्वको पहिलो छानबिन टोली बनाइएको थियो । त्यस टोलीले मुलघाटस्थित चौकीमा सखुवाको काठ राखेर थप अनुसन्धानका लागि सवारी साधन पकलीतर्फ लगिएको स्रोतले जनाएको छ । 

मंगलबार राति घटना बाहिर आएपछि घटनामा संलग्न सशस्त्र प्रहरी अरुण गुल्म संखुवासभाका प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीलाई पकलीस्थित बाहिनीमा तानिएको छ । सशस्त्र प्रहरीले अवैध काठ नियन्त्रणमा लिएको भने पनि आफुलाई कुनै जानकारी नआएको  जिल्ला वन कार्यालय धनकुटाका प्रमुख  कृष्णप्रसाद वस्तीले बताए । 

संखुवासभाबाट अनिष विस्टको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.