अझै न्याय खोज्दै बाँदरमुुढेपीडित

अझै न्याय खोज्दै बाँदरमुुढेपीडित

 माडी (चितवन) : उपचार गर्न भरतपुुर जाने क्रममा चारबर्से छोरासहित कृष्णनगरकी मनकुुमारी क्षेत्री बम विस्फोटमा परिन् । हातखुुट्ट र ढाड भाँचिएका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको घाँटी, ढाड र कानमा पनि अहिले असर देखिएको छ । नियमित काम गर्न नसक्ने मनकुुमारी भन्छिन्, ‘बाँचेर के गर्नुु ? काम गरेर खान सक्दिनँ । आज काम ग¥यो भोलि थला पर्छुु । पीडा धेरै छन् अब कसलाई भनेर के पाइन्छ र ? ’

घरमा सामान्य काम गर्न पनि सक्दिनन् उनी । बाँदरमुुढे घटनाले उनको परिवारलाई धेरै पीडा दिएको छ । पीडितलाई राहत आउँछ भन्ने सुुने पनि आश्वासन मात्रै पाएको दुुखेसो छ उनको । घटनामा सँगै परेका छोरासँग एक महिनापछि उनको भेट भएको थियो । उनको छोरा आशिष क्षेत्रीको टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोमा चोट लागेकै कारण स्मरणशक्ति कमजोर छ । उनको पढाइमा समेत असर परेको छ । बिर्सन खोजे पनि घटनाले पीडा दिएको गुुनासो गर्छिन् उनी । उपचारमा दुुई लाखभन्दा बढी खर्च भए पनि अहिलेसम्म ४० हजार मात्रै पाएका छन् । पीडितलाई राहतको दिने भनेर झुुक्याउने गरेको गुुनासो उनको छ ।

बाँदरमुुढे घटनाको प्रसंग निस्कँदा राइटोलकी विष्णुुमाया विकलाई पनि आक्रोश र पीडाले सताउँछ । १२ वर्ष बितेपछि पनि उनले घटना बिर्सन सकेकी छैनन् । बाँदरमुुढे घटनामा घाइते भएकी उनले न्याय र उचित क्षतिपूर्ति नपाएको गुुनासो गरिन् । उनको घुुँडा, पैंताला र टाउकोमा चोट लागेको थियो । शरीरमा हुुने पीडाले घटनाको सम्झना आएपछि नरमाइलो लागेको बताइन् ।

घटनाले दिएभन्दा न्याय र राहतको घाउले बढी पीडा हुुने उनको भनाइ छ । ‘आफू थला परेको छुु परिवार कसरी हेर्ने थाहा छैन, आश्वासनले नपालिने रै’छ’, विष्णुुमायाले भनिन्, ‘आफू बलियो भए अरूको आस गर्नुुपर्थेन होला ।’ माइती भेट्न पोखरा जान लाग्दा १३ महिनाकी छोरीसहित विष्णुुमाया बाँदरमुुढे घटनामा परेकी थिइन् । जतिबेला पनि घटनाको सम्झनाले पीडा हुुने उनले बताइन् । घरैमा बसेर दिन कटाउन बाध्य छिन् उनी ।

शारीरिक रूपमा अशक्त विष्णुुमायाकै भरमा परिवार धानिएको छ । आफ्नो जग्गा नभएपछि जेठाजुुको जग्गामा घर बनाएका छन् । पीडितलाई राहत नदिएको गुुनासो छ । श्रीमती र छोरीको अवस्थाले श्रीमान्ले मानसिक सन्तुुलन गुुमाए । उनी विस्तारै ठीक भए पनि काम गर्न सक्ने अवस्थामा छैनन् । ‘पीडा सम्झिँदा कहिलेकाहीँ मरौंजस्तो लाग्छ’, उनले दुुःख पोखिन् ।

आफूहरूले आश्वासनबाहेक अरू केही नपाएको अयोध्यापुुरीकी यमकला चुुवाइले बताइन् । गर्भवती अवस्थामा विस्फोटमा परेकाले उनीबाट जन्मिएकी छोरी अशक्त छिन् । उनको खुुट्टा, आँखामा असर परेको छ । प्याकेजसहित राहत पाउने आश्वासन मात्र पाएको भन्दै उनले त्यो पूरा नभएको भन्दै निराशा व्यक्त गरिन् । वैशाख पहिलो साता तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पीडितले भटेका थिए । त्यस क्रममा दाहालले बजेटबाटै प्याकेजसहित सम्बोधन हुुने आश्वासन दिएको उनले बताइन् । बजेट भाषणमा कुुनै सम्बोधन नभएपछि उनले आक्रोश पोखिन् । ‘बारम्बर आश्वासनमात्रै दिनेले राहत देलान् भन्नेमा आस मरिसक्यो’, यमकलाले भनिन्, ‘हामी अपांग हुुँदा कसरी गुुजारा चलाउने ? अहिलेसम्म न्याय पाउन सकेनौं ।’

अहिले बाँदरमुुढे पीडित विभाजित भएका छन् । पुुष्पकमल दाहाल सोही क्षेत्रबाट निर्वाचित भएका छन् । निर्वाचनका बेला उनले घटनाले आफूसमेत मर्माहत भएको भन्दै पीडितलाई प्याकेजको राहतबाट सम्बोधन गर्ने बताएका थिए । त्यस क्रममा केही पीडितलाई भेटेर सहमति गरेका थिए । राजनीतिक आस्थाका आधारमा पीडित विभाजित भए । कतिपयले मागबारे चासो दिन छाडेका छन् । घटनामा निधन भएको सम्झनामा निर्माण गरिएको स्मारक सुुरक्षित नभएको गुुनासो पनि गरेका छन् ।

संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्यायको उपलब्धि नभएको बताए । न्यायको माग गर्दा धम्की आउने गरेको उनको भनाइ छ । ‘सबभन्दा ठूलो हाम्रा लागि न्याय हो’, अधिकारीले भने, ‘त्रास नै त्रासमा न्यायका लागि लडियो केही पाइएन ।’ न्याय माग्दा पीडा बेचेर पैसा पाइन्छ भनेर आरोपसमेत खेप्नुपरेको उनले बताए ।

घटनाका पीडितमध्ये २५ जनाले ४० हजारदेखि २ लाख रुपैयाँसम्म पाएका छन् । यसअघि शेरबहादुुर देउवा नेतृत्वको सरकारले मृतकलाई सहिद घोषणा गरेर पीडितको पुुनर्मूल्यांकन गर्ने भने पनि अहिले केही काम भएको छैन । ०६२ साल जेठ २३ गते माडीको बाँदरमुुढे खोलामा बम विस्फोट भएको थियो । सार्वजनिक यात्रुुवाहक बसमा चढेका तत्कालीन शाही नेपाली सेनाका ७ जनालाई लक्ष्य गरेर माओवादीले बम विस्फोट गराएको थियो । घटनामा परी ३९ जनाको मृत्युु भएको थियो । ७२ जना घाइते भका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.