कांग्रेस केन्द्रीय सदस्यमा खुमबहादुर पत्नीसहित तीनजना मनोनित
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय सदस्यमा तीनजनालाई मनोनित गरेका छन्। कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम लम्जुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाई र खुमबहादुर खड्का पत्नी दाङकी शीला शर्मा खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
त्यसैगरी सभापति देउवाले पार्टी विधानको धारा ४९ (१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना तीर्थराम डंगोल र हिरादत्त भट्ट लाई कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन्।