सिम्रिक एयरको झण्डा सगरमाथामा : ‘एपी वान’को कीर्तिमान

सिम्रिक एयरको झण्डा सगरमाथामा : ‘एपी वान’को कीर्तिमान

काठमाडौं : पर्वतारोहण उद्धारमा अग्रणी सिम्रिक एयरको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ जुभिङका ३४ वर्षीय आरोही पेम्बा ओङ्छु शेर्पाले जेठ ४ गते सगरमाथाको चुचुरोमा सिम्रिक एयरको झण्डा फहराएका हुन्।

अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकसमेत रहेका आरोही शेर्पालाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वैशाख २६ गते सिम्रिक एयर र एपी वान एचडी टेलिभिजनको झण्डा हस्तान्तरण गरेका थिए। हेलिकोप्टर सेवामार्फत उचाइ क्षेत्रमा काम गर्ने सिम्रिक एयरले थप जिम्मेवारीपूर्वक पर्वतारोहण क्षेत्रको उद्धारमा काम गर्ने प्रतिबद्धतासहित सगरमाथा शिखरमा झण्डा पुर्‍याएको हो।

चुचुरोमा पुर्‍याइएको झण्डा आरोही शेर्पाले सिम्रिक एयरका निर्देशक विष्णु बस्नेत, प्रेम थापा, क्याप्टेन सिद्धार्थजंग गुरुङलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। सगरमाथाको १० पटक आरोहण गरिसकेका शेर्पाले अमादब्लम, मनास्लु, धौलागिरि र अन्नपूर्ण हिमालसमेत आरोहण गरिसकेका छन्। उनी सिम्रिक हेलिकोप्टरसँग रहेर ‘लङलाइन रेस्क्यू’मा समेत आबद्ध छन्।

‘एपी वान’को कीर्तिमान

सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक एपी वान एचडी टेलिभिजनले झण्डा फहर्‍याएर नयाँ कीर्तिमान कायम गरेको छ। नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक स्थापित फुल एचडी टेलिभिजनको झण्डा आरोही ओङ्छु शेर्पाले जेठ ४ गते सगरमाथाको चुचुरोमा पुर्‍याएका हुन्।

एपी वानले नेपाली इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता नेपाल आइडल, बुगिउगीलगायत प्रदर्शनमार्फत दर्शकको मन जितेको छ। साथै समाचार, मनोरञ्जनलगायत कार्यक्रमसमेत दर्शकमाझ प्रस्तुत गर्दै आएको छ। शेर्पाले चुचुरोमा पुर्‍याएर फर्काएको झण्डा र फोटो बिहीबार टेलिभिजनका निर्देशक सुरेश पौडेल र समाचार सम्पादक टीकाराम यात्रीलाई हस्तान्तरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.