०४६ सालको प्रजातन्त्र पुनर्स्थापनापछि मुलुकमा टन्न सरकारी उद्योग/कलकारखाना थिए। प्रतिस्पर्धामा जाने भन्दै सबै सरकारी कलकारखाना निजीकरण गरिए। तीमध्ये अधिकांश बन्द भए, केही जीर्ण छन्। १० वर्षे माओवादी सशस्त्र द्वन्द्वकालमा मुलुकका कार्पेट, गार्मेन्ट, पश्मिनालगायतका उद्योगधन्दा ठप्प भए।