जितेको खेल निर्णायकबाट हराइएको भन्दै प्रतियोगिता बहिस्कार

जितेको खेल निर्णायकबाट हराइएको भन्दै प्रतियोगिता बहिस्कार
सुन्नुहोस्

ओखलढुंगाः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जितेको खेलमा आयोजक र निर्णायकले हराएको भन्दै एक विद्यालयले खेल बहिस्कार गरेको छ। सिद्धिचरण नगरपालिकाले रुम्जाटारमा आयोजना गरेको प्रतियोगितामा सगरमाथा जनता माविले खेल बहिस्कार गरेको हो। 

विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले विज्ञप्ति जारी गर्दै खेल बहिस्कार गरेको जनाएका छन्। उनले जितेको खेल एक दिनपछि हराएर अर्कैलाई स्वर्ण पदक दिएपछि बाँकी खेलमा सहभागिता जनाउनुको अर्थ नभएको प्रतिक्रिया थिए। 

शुक्रबार साँझ भएको रिले दौडमा विजेताका विषयमा विवाद भएको थियो। तत्काल आधिकारिक निर्णय दिन निर्णायक र आयोजक तयार भएका थिएनन्। नियम विपरीत ट्रयाक मिचेर अगाडि आएको विद्यार्थीलाई विजेता भन्न नसकिएको सिद्धिचरण नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख फडिन्द्र कट्वालले बताए। 

उनले विद्यालयले शुक्रबारै निर्णय मागे पनि ट्रयाक मिचे नमिचेको खिचिएका भिडियो तथा लाइन्समेनहरुसँग छलफल गरेर निर्णय दिने भन्दै शुक्रबार छलफलपछि निर्णय भएको बताए। निर्णायकले सगरमाथा जनता माविलाई शनिबार बिहान नियम मिचेको भन्दै अयोग्य (डिस्क्वालिफाइड) घोषणा गरिएको थियो। 

सगरमाथा जनता मावि अयोग्य घोषणा भएपछि स्वर्ण पदक रुम्जाटार माविलाई दिइएको छ। अन्य सबै विद्यालयको कुनै गुनासो नभएको र निर्णायकले नियमानुसार निर्णय गरेकाले खेल बहिस्कार गर्नुको अर्थ नरहेको शाखा प्रमुख कट्वालको भनाइ छ। 

पटक पटक धाँधलिपूर्ण, विभेदयुक्त र अन्यायपूर्ण निर्णयले खेलाडीहरुको मनोवल गिराएर शिल्डमा राजनीति गरिएको विद्यालयको आरोप छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमंग श्रेष्ठले आयोजकका कारण प्रतियोगिताबाट विद्यालय बाहिरिनु परेको बताएका छन्। सामाजिक सञ्जालमा उनले यसको जिम्मेवार आयोजक हुनुपर्ने बताए। उनी सिद्धिचरण नगरपालिका-१२ का अध्यक्ष समेत हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.