धादिङ केन्द्र बनाएर ५ म्याग्निच्युडको भूकम्प
काठमाडौं : धादिङ केन्द्र बनाएर बिहीबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा धक्का महसुस भएको छ। भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.४ उत्तर पश्चिम केन्द्र बनाएर बिहान ९ बजेर ५२ मिनेट ४७ सेकेन्डमा भूकम्प गएको हो।
यो नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !