बालिका बलात्कारकाण्डले गयो मन्त्रीको जागिर

बालिका बलात्कारकाण्डले गयो मन्त्रीको जागिर

पटना: भारतको उत्तरी राज्य बिहारको मुजफ्फुरपुर एक बालिका गृहमा भएको बलात्कारकाण्डका कारण विवादमा परेकी एक मन्त्रीले पदबाट राजीनामा दिएकी छन् ।

मुजफ्फरपुर बलात्कारकाण्डका मुख्य अभियुक्त ब्रजेश सिंहसँग उनका पतिको नियमित सम्पर्क रहेको खुलेपछि बिहार राज्यकी समाज कल्याण मन्त्री मन्जु बर्माले बुधबार राजीनामा दिएकी हुन् । 

यस मामिलामा उनका पति चन्द्रशेखर बर्मामाथि मुख्य आरोपी ब्रजेश सिंहसँग घनिष्ठता बनाएको आरोप थियो । बालिकाहरुमाथि बलात्कारको घटना सार्वजनिक गरिएपछि चन्द्रशेखर गायब छन् । मोबाइल कल डिटेल्स रेकर्ड बाहिरिएपछि ब्रजेश र चन्द्रशेखरबीच यस वर्ष ५ महिनामा १७ पटक टेलिफोन संवाद भएको खुलेको थियो । 

प्रहरीले गरेको अनुसन्धानका क्रममा मन्त्रीका पति र मुख्य आरोपीबीच निरन्तर भेट भइरहन्थ्यो भने दिल्लीको भ्रमणमा पनि उनीहरुसँगै गएको खुलेको छ । पीडित पक्षले मन्त्री पति चन्द्रशेखर बालिका गृहमा पनि पस्ने गरेको आरोप लगाएका छन् । 

बिहारस्थित जनता दल युनाइटेडका राष्ट्रिय महासचिव केसी त्यागीले बुधवार मञ्जु वर्माले मुख्यमन्त्री नितिश कुमारलाई भेटेर राजीनामा दिएको पुष्टि गरे । 

उनले मञ्जुले पहिले नै राजीनामा दिएको भए यति धेरै तनावको अवस्था पार्टीले झेल्नु नपर्ने पनि बताएका छन् । यसभन्दाअघि सोमबार मात्रै नितिश कुमारले मञ्जु वर्माको बचाउ गरेका थिए । 

मुजफ्फरपुर बालिका गृह बलात्कार मामिलाविरुद्ध बिहार सरकारले कारबाही तीब्र बनाइरहेको छ । दुई दिनअघि सरकारले १४ जिल्लाका समाज कल्याण विभागमा कार्यरत सहायक निर्देशक र बाल संरक्षण पदाधिकारी पदमा कार्यरत अधिकारीलाई निलम्बित गरिदिएको थियो । 

मंगलवार मुजफ्फरपुर एसएसपी हरप्रीत कौरले लापरवाही गरेको भन्दै इन्स्पेक्टर विनोदकुमार सिंहलाई पनि निलम्बित गरिदिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.