चर्चभित्र पादरीहरुको कर्तुत: एक हजार बालबालिकामाथि बलात्कार !

चर्चभित्र पादरीहरुको कर्तुत: एक हजार बालबालिकामाथि बलात्कार !

ह्यारिसबर्ग (अमेरिका) : एकजना इसाइ धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । 

अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्ता १,००० घटना सार्वजनिक गरेको छ । यो प्रतिवेदनमा सन् १९४० को दशकयताका घटना विवरण समेटिएका छन् । 

पेन्सिलभेनिया राज्यको बृहत अनुसन्धान समिति (ग्रान्ड जुरी) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा हाल वासिङ्टन डिसीका मुख्य पादरीले जानाजान उजूरीहरुलाई ढाकछोप गर्ने गरेको उल्लेख छ । 

यौन शोषणमा परेका बालबालिकाको वास्तविक संख्या अझ ठूलो हुने अनुमान गरिएको छ किनभने गिर्जाघरका कैयौं गोप्य रेकर्डहरु पहिल्यै नष्ट भइसकेका छन् र कतिपय पीडितले घटना सार्वजनिक गर्न रुचाएका छैनन्, जुरीले भनेको छ । 

अमेरिकी गिर्जाघरमा दुर्व्यवहारका घटना दिनहुँ सार्वजनिक हुन थालेपछि सन् २००२ मा व्यापक सुधारका कार्यहरु अघि सारिएको थियो । पादरीहरुमाथि कानुनी कारबाही हुन सक्ने तथा बाल यौन शोषणमा संलग्न रहेका पादरीलाई त्यस्ता पदबाट हटाउने कडा नियम ल्याइयो । तर वृहत अनुसन्धान समितिले अझ बढी परिवर्तनको आवश्यकता औंल्याएको छ । 

'केही संस्थागत सुधारका बाबजूद गिर्जाघरको नेतृत्वमाथि सार्वजनिक जवाफदेहीता थिएन,' वृहत अनुसन्धान समितिको ९०० पृष्ठ लामो प्रतिवेदनमा लेखिएको छ । 'पादरीहरुले ससाना बालक र बालिकालाई बलात्कार गरिरहे, माथिल्ला पादरीहरुले यस्ता घटनामा संलग्नमाथि कारबाही गर्नुको साटो उल्टै उजूरी र गुनासा नै लुकाए, र घटनालाई ढाकछोप गरिदिए ।' 

न्यूयोर्क टाइम्सका अनुसार गिर्जाघरका उच्च पदाधिकारीहरु संरक्षित थिए र कतिपय नामै किटेर दिइएका व्यक्तिको पदोन्नति भयो, ग्रान्ड जुरीले भनेको छ । प्रतिवेदनको अन्त्यमा भनिएको छ, 'रोमन ईसाइ गिर्जाघरका यौनकाण्ड सम्बन्धी घटनाको अध्ययन अहिल्यै बन्द गर्नु चाँडो हुनेछ ।'

प्रायः सबैजसो घटनामा, अनुसन्धाताहरुले मुद्दा चलाउन सकिने समय सीमा नाघेको पाएका छन् अर्थात् फौजदारी अभियोग दर्ता गर्न सकिन्न । एकसय भन्दा बढी धर्मगुरुहरुको मृत्यु भइसकेको छ । 

धेरै अरुहरु अवकाश भइसकेका छन् वा पादरीबाट बर्खास्त गरिएको छ वा विदामा बस्न बाध्य पारिएको छ । ग्रान्ड जुरीको अनुसन्धानको नतिजा स्वरुप केबल दुईजनालाई मात्र कारबाही गरिएको छ । प्रतिवेदनमा समेटिएका केहीमाथि कारबाही भइरहेको छ । महान्यायाधीवक्ता जोस शापिरोले अनुसन्धानको भइरहेको बताए । 

पेन्सिलभेनिया राज्यका मुख्य गिर्जाघरहरु-एल्लेनटाउन, एरी, ग्रीन्सबर्ग, ह्यारिसबर्ग, पिट्सबर्ग र स्क्रान्टन-मा जुरीले विशेष अनुसन्धान केन्द्रित गरेको थियो । पेन्सिलभेनियामा करिब १७ लाख इसाईको बसोबास रहेको छ । 

म्यासाचुसेट्सस्थित अनुसन्धान तथा पैरवी संस्था बिसपएकाउन्टीबीलीटी डट ओआरजीका अनुसार, आजसम्म संयुक्तराज्य अमेरिकामा इसाई गिर्जाघरको बारेमा कुनै न्यायाधिकारी वा ग्रान्ड जुरीले अनुसन्धान गरेको यो नवौं घटना हो । 

वृहत अनुसन्धान समितिले दर्जनौं प्रत्यक्षदर्शीसँग बयान लिएको थियो भने पाँचलाख भन्दा बढी पृष्ठ आन्तरिक दस्तावेजको अध्ययन गरेको थियो । जुरीले पादरीहरुले भ्याटिकनका अधिकारीलाई पठाएका प्रतिवेदनको पनि अध्ययन गरेको थियो । 

इसाई धर्मगुरुहरुले खराब प्रचार र वित्तीय दायित्वबाट गिर्जाघरहरुलाई अलग्गै राख्ने कोशिश गरेका थिए । नेतृत्वले आरोपित गुरुहरुका बारेमा प्रहरीमा जानकारी नगराएको, पीडितलाई चुप लगाउन गोपनीय सम्झौताको प्रयोग गर्ने गरेको तथा दुर्व्यवहारमा नाम मुछिएका गुरुहरुलाई तथाकथित उपचार केन्द्रमा पठाएको पाइएको छ, प्रतिवेदनमा भनिएको छ । 

वृहत अनुसन्धान समिति समक्ष बयान दिने पीडितहरुले प्रतिवेदन सार्वजनिक भएकामा खुशी व्यक्त गरेका छन् ।  एएफपपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.